गण्डकी प्रदेशमा रहेका समाचारहरु
१६ पुस, पोखरा । उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले आफुले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् । माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले लिन नसकेको बताए । मन्त्री शर्माले भने- “लोडसेडिङमुक्त नेपाल बनाएपछि बिजुलीको मुखै नदेखेका दुरदराजका जनतासमेत खुशी भएका छन् । तर, जनार्दनले ‘क्रेडिट’ पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय...
पोखरा, १५ पुस । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम...
बाबियाचौर (म्याग्दी), १५ पुस । राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि विसं २०६७ मा भवन निर्माण सुरु गरेको थियो । चौध वटा पक्की भवन बनाउन गोर्खा कन्सट्रक्सन एन्ड स्वच्छन्द जेभीले रु...
पोखरा, १५ पुस । शान्ति, पर्यटन र कला प्रवद्र्धनका लागि एनएस क्लब अफ हिलपोइटले रङ्गयात्रा कार्यशालाको प्रथम शृङ्खला रुपाकोट–३, चिसापानी गाउँबाट सुरु गरेको छ । चारदिने रङ्गयात्रा कार्यशालामा कलाकार प्राज्ञ नगेन सिंह ठकुरी, सारा बजिमय, आकाश जैसवाल, प्रमिला लामिछाने, जानुका केसी, सुष्मा गौतम, सहवीर गुरुङलगायत ११ जना कलाकारको सहभागिता रहेको छ । कार्यशाला शुभारम्भ कार्यक्रममा वरिष्ठ कलाकार बाबुराम कस्केलीले गाउँका हेर्न लायक दृश्य कलाकारले आफ्नो क्यानभासमा उतार्ने बताउँदै यसले गाउँको विकासका...
पोखरा, १४ पुस । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा बुधबार पोखरामा आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ । गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य हुने बताउँदै अन्तरक्रियामा वक्ताले अनुसन्धानमूलक शिक्षाका माध्यमबाट मात्र शैक्षिक क्षेत्रमा गुणस्तरीयता कायम गर्न सकिने उल्लेख गरे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान कार्य महत्वपूर्ण हुने बताउँदै विश्वविद्यालयका प्राध्यापकले अनुसन्धान...
बाबियाचौर (म्याग्दी), १४ पुस । जिल्लाको बेनी नगरपालिका र तीन वटा गाविसमा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) आयोजना सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी र मकै खेतीको ब्लक आयोजना सुरु भएको हो । बेनी नगरपालिका क्षेत्रमा तरकारी खेती र नगरपालिकासहित भकिम्ली, बरङ्जा र अर्मन गाविसमा मकै खेतीको आयोजना लागू भएको कृषि विकास कार्यालयले जनाएको छ । कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गरी लागत घटाउने, उत्पादन बढाउने र आयात...
पोखरा, १३ पुस । गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज अस्पतालको सेवालाई सुचारु गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवामा हड्ताल गर्ने गराउने कार्य गैरकानुनी हुने भन्दै कार्यालयले अत्यावश्यकीय सेवालाई सुचारु गरी व्यवस्थापन र आन्दोलनरत दुबै पक्षबीच वार्ता गरी समस्याको समाधान खोज्न निर्देशन दिएको हो । कलेजमा कार्यरत चिकित्सकले विनाकारण निष्कासन गरिएका...
पोखरा, १२ पुस । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आज आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले जनही रु दुई हजार पाँच सय तिरी स्वास्थ्य बिमाको फाराम भरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । समितिले बिमा दर्ता प्रयोजनका लागि जिल्लामा एक सय सात जना दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगी घर घरमा गई पुस मसान्तसम्म...
पर्वत, ९ पुस । तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन् । पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । अहिले जिल्लामा बाह्रैमास पुग्ने तरकारी उत्पादन भइरहेकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था नरहेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सदरमुकाम आसपास र दुर्गम गाउँमा समेत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेका छन् । दुर्गम गाविस...
पोखरा, ८ पुस । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिबाट पोखरामा सुरु हुने भएको छ । नेपाल टेनिस सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित पाँच विकास क्षेत्रका पाँच टिम गरी आठ टिमको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत...