गण्डकी प्रदेशमा रहेका समाचारहरु
पर्वत, ७ पुस । भूकम्प गएको झन्डै दुई वर्षपछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन सुरु गरिएको छ । सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो । भूकम्पको लगत्तै प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र भूकम्पीय आवास पुनःनिर्माण...
बाबियाचौर (म्याग्दी), ५ पुस । गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको खातामा रहेको लाखाँै रुपैयाँ बजेट परिचालन हुन सकेको छैन । समन्वय समितिको निष्क्रियता, सरोकार भएकाको बेवास्ता, गाविस सचिव परिवर्तन, नयाँ आउने सचिवले बजेटका बारेमा जानकारी नपाउनुलगायत कारणले करिब रु ५० लाख परिचालन हुन नसकेको हो । गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने क्रममा जिविस अन्तर्गत, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले प्रोत्साहनबापत तत्कालीन ४१ समन्वय समितिलाई रु ४९ लाख...
बेनी (म्याग्दी), ५ पुस । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवा पुस्तालाई त्यसको विषयमा जानकारी दिन यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् । म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल...
पोखरा, ५ पुस । पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाको सुविधाका लागि लायन्स क्लब पोखरा माछापुच्छे«ले खानेपानीको ट्याङ्की उपलब्ध गराएको छ । वृद्धाश्रममा सोमबार आयोजित कार्यक्रममा एक हजार लिटर क्षमताको पानीट्याङ्की हस्तान्तरण गरिएको हो । क्लबका जोन चेयर पर्सन बाबुराम गिरीले खानेपानी जस्तो अत्यावश्यक क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले समाजमा आर्थिक रुपमा सबल भएकाले कमजोर, असहाय एवम् अशक्तलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । सो अवसरमा ट्याङ्की सौजन्य गर्ने...
फलेवास (पर्वत), ४ पुस । मुलुककै नमुना सामुदायिक विद्यालयको रुपमा परिचित गणेश माध्यमिक विद्यालय बलेवामा सञ्चालिन ज्ञान महायज्ञको छैटौँ दिनसम्म झन्डै रु दुई करोड सङ्कलन भएको छ । आइतबारसम्म रु एक करोड ९१ लाख सङ्कलन भएको हो । महायज्ञ मूल आयोजक समितिले दिएको जानकारी अनुसार छैटौँ दिन मात्रै रु ५३ लाख २७ हजार २६६ सङ्कलन भएको छ । छैटाँै दिन सबैभन्दा बढी रकम उपलब्ध गराउनेमा समाजसेवी स्व ज्ञानप्रसाद श्रेष्ठ तथा स्व...
बागलुङ, ४ पुस । बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता समूहलाई रु एक लाख र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार,...
लमजुङ (बेँसीसहर), ३ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने बताउनुभएको छ । पाँचाँै लमजुङ महोत्सवको आज समापन कार्यक्रममा मन्त्री जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने उहाँको भनाइ थियो । “सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,” – मन्त्री जोशीले भन्नुभयो “नीति नियममा सहजीकरण...
बाबियाचौर (म्याग्दी), ३ पुस । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन । म्याग्दीका एक दर्जन बढी विद्यालय गाभिए पनि अझै ८० विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको जिल्ला शिक्षा अधिकारी रामकुमार...
पोखरा, पुस ३/युवा आविष्कारक विकल्प ढुंगानाले मोटरबाइक र स्कुटरमा नयाँ प्रविधिको आविष्कार गरेको दाबी गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले हेलमेट नलगाएको र मापसे गरेको खण्डमा दुई पांग्रे सवारी साधन आँफै रोकिने प्रविधिको प्रदर्शन गरेका हुन्। यस अघि नै उनको यो प्रविधिलाई ट्राफिक प्रहरी कार्यालय कास्कीले परीक्षण गरेर प्रमाणित पनि गरिसकेको छ। एक साता विभिन्न चरणमा गरिएको परिक्षणले उनले भने जस्तै नतिजा दिएको पत्रकार सम्मेलनमा उपस्थित असई राजेश...
दमौली, २ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको संशोधन नभई जारी संविधानलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ। नेकपा (एमाले) तनहुँद्वारा शनिबार दमौलीमा आयोजित संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ९० प्रतिशत जनताले बनाएको संविधानलाई केही व्यक्तिले नरुचाउँदैमा संशोधन आवश्यक नरहेको बताउनुभयो । संविधानका विशेषता जनतालाई बुझाई यही संविधानको कार्यान्वयनका लागि अगाडि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “जारी संविधान विधि, प्रक्रिया र अन्तरवस्तुका हिसाबले पनि...