व्यावसायिक कृषि उत्पादन केन्द्र आयोजना सुरु
प्रकाशित मिति : २०७३, १४ पुष बिहीबार २२:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाबियाचौर (म्याग्दी), १४ पुस । जिल्लाको बेनी नगरपालिका र तीन वटा गाविसमा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) आयोजना सुरु भएको छ ।
Advertisement
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी र मकै खेतीको ब्लक आयोजना सुरु भएको हो । बेनी नगरपालिका क्षेत्रमा तरकारी खेती र नगरपालिकासहित भकिम्ली, बरङ्जा र अर्मन गाविसमा मकै खेतीको आयोजना लागू भएको कृषि विकास कार्यालयले जनाएको छ ।
कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गरी लागत घटाउने, उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित आयोजना लागू भएको कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले बताए ।
ब्लक आयोजनाले १०० हेक्टर क्षेत्रफल जमिन समेटेको छ । आयोजना कार्यान्वयनका लागि प्रभावित क्षेत्रका अगुवा कृषक, कृषक समूह र कृषि सहकारी संस्थाका प्रतिनिधिको भेलामार्फत सञ्चालक समिति गठन भइसकेको छ ।
नरबहादुर थापाको अध्यक्षतामा मिलीजुली मकै खेती र मुक्तिबहादुर खड्काको अध्यक्षतामा धौलागिरि तरकारीखेती ब्लक आयोजना सञ्चालक समिति गठन गरेको हो । समितिमार्फत उपकरण खरिद, प्राविधिक सहयोग, पूर्वाधार निर्माण र बजारीकरणमा सघाउ पुग्ने जस्ता क्रियाकलाप सञ्चालन हुने अधिकृत शर्माले बताए ।
साना सिँचाइ, औजार, तरकारी र मकै भण्डारण भवनका साथै सङ्कलन केन्द्र निर्माण गर्ने कार्यक्रम छ । यस वर्ष भवन, औजार खरिद र साना सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि रु एक करोड २६ लाख बजेट प्राप्त भएको कृषि कार्यालयले जनाएको छ ।
आयोजना लागू भएपछि कृषक उत्साहित भएका छन् । व्यावसायिक बन्न प्रोत्साहन मिल्नुका साथै उत्पादन र गुणस्तर वृद्धिसँगै आयआर्जन बढाउन आयोजनाबाट सघाउ पुग्ने अपेक्षा गरिएको भकिम्लीका कृषक पूर्णकली जिसीले बताए ।
घरायसी उपभोग र गाई वस्तुलाई दाना खुवाउन मकै खेती गर्दै आएका कृषकले व्यावसायिक खेतीमार्फत घोगा तथा बीउ बिक्री गरेर आम्दानी गर्न सक्ने सम्भावना रहेको बताए । सुरक्षित भण्डारण गरेर मकैको बीउ बिक्री गर्दा आम्दानी लिन सकिने उनको विश्वास छ ।