गण्डकी प्रदेशमा रहेका समाचारहरु
पोखरा, २ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले आज बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलमा पूर्वाधारका काम भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेपछि लगत्तै वर्षायाम सुरु भएकोले विमानस्थलको काम रोकिएकोमा हाल नाला बनाउने र विमानस्थलसम्म पुग्ने...
फलेवास (पर्वत), १ पुस । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै...
बेनी (म्याग्दी), १ पुस । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिनुभयो । सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन...
पोखरा, ३० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताले राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणले राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति स्थापित हुन पुगेको बताउनुभएको छ । राप्रपा नेपाल र राप्रपाको आज पोखराको चिप्लेढुङ्गामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय पार्टी एकीकरण घोषणासभामा नेताहरुले दुई पार्टीबीचको एकीकरण राष्ट्रिय अस्तित्व जोगाउँदै देशलाई बचाउन र बलियो बनाउनका लागि भएको स्पष्ट गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले दुई पार्टीबीचको एकीकरणले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको उदय भएको जिकिर...
पोखरा, मंसिर ३० / विभिन्न चार सूत्रीय माग राख्दै गण्डकी मेडिकल कलेजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र केलजको शैक्षिक कार्यक्रम प्रभावित भएको छ। सेवा सुविधा बढाउनुपर्ने र निश्कासित चिकित्सकहरुको बहाली गर्नुपर्ने, महिना बितेको ७ दिन भित्र तलब वितरण गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिनु पर्नेको सर्घष समितिका सचिव डा. तारा कोइरालले सेतोपाटीलाई जानकारी दिए। उनले विना कारण चिकित्सकलाई निश्कासन गरेका कारण उनीहरुलाई पुर्न...
वालिङ, २९ मङ्सिर । माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार स्याङ्जाको बयरघारी बजारबाट पर्वत जाने बाटोको स्तरोन्नति गर्ने काममा संलग्न दाङ घोराही नगरपालिका–६ का ४७ वर्षीय हेमराज आचार्यको मृत्यु भएको हो । बाटोभन्दामुनि जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर मजदुर आचार्यको घटनास्थलमै ज्यान गएको हो । यो घटनामा घाइते अर्का मजदुर जाजरकोट...
पोखरा, २९ मङ्सिर । पोखराबाट लेखनाथतर्प जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। ...
बाबियाचौर (म्याग्दी), २९ मङ्सिर । म्याग्दीको नारच्याङलाई साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले बेसीगाउँमा आयोजना गरेको एक कार्यक्रममा मङ्गलबार उक्त घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले लक्षित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ गर्न सक्ने भएमा साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । गाविसमा रहेका ६० वर्षभन्दा कम उमेरका एकहजार चारसय जनाको ९५.४५ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको गाविस सचिव दीर्घप्रसाद गौतमले जानकारी दिनुभयो । गाविस सचिव...
गोरखा, २८ मंसिर। गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षिय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू...
फलेवास (पर्वत), २८ मङ्सिर । देउपुर गाविस–५ गौँडामा पोखरा–बागलुङ राजमार्ग नजिकै अनौठो गुफा फेला परेको छ । देउपुर गाविस–५ टापु गाउँको घट्टेखोला किनारमा स्थानीयवासीले गत शनिबार गुफा फेला पारेका हुन् । सानो गुफा छ भन्ने थाहा भए पनि त्यसको भित्री तहसम्म नपुगेका स्थानीयवासीले शनिबार त्यहाँभित्रसम्म पुगेर हेरेका छुन् । गुफाभित्र अनौठा र आकर्षक आकृति भेटिएको स्थानीयवासी एवम् शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । “पहिले पहिले गाउँमा गुफा भएको भनिए तापनि भित्री...