गण्डकी मेडिकल कलेजका चिकित्सक आन्दोलनमा
प्रकाशित मिति : २०७३, ३० मंसिर बिहीबार १०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, मंसिर ३० / विभिन्न चार सूत्रीय माग राख्दै गण्डकी मेडिकल कलेजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र केलजको शैक्षिक कार्यक्रम प्रभावित भएको छ।
सेवा सुविधा बढाउनुपर्ने र निश्कासित चिकित्सकहरुको बहाली गर्नुपर्ने, महिना बितेको ७ दिन भित्र तलब वितरण गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिनु पर्नेको सर्घष समितिका सचिव डा. तारा कोइरालले सेतोपाटीलाई जानकारी दिए। उनले विना कारण चिकित्सकलाई निश्कासन गरेका कारण उनीहरुलाई पुर्न वाहाली गर्नु पर्ने बताए।
उनले व्यवस्थापनले शुक्रबारसम्म आफ्ना माग पुरा नगरे कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताए। तीन/तीन वर्ष भन्दा बढी काम गरेका चिकित्सकलाई निश्कासन गरेको उनले बताए ।
व्यवस्थापन पक्षले भने चिकित्सिकहरुलाई निश्कासन नगरेको बताएको छ । करार सकिएका २ चिकित्सिकहरुलाई म्याद नथपेको गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले बताए। उनीहरु कलेजको समयमा पनि अन्यत्र परीक्षणमा जाने गरेका कारण बाध्य भएर करार थप गर्न नसेको व्यवस्थापन पक्षले बताएको छ ।
Advertisement