पोखरा विमानस्थलको निर्माण तत्काल अघि बढाउन निर्देशन
प्रकाशित मिति : २०७३, २३ मंसिर बिहीबार १३:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, २३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।
Advertisement
निर्माणाधीन विमानस्थलको परिसरमा आज स्थलगत निरीक्षण गर्दै उहाँले उक्त निर्देशन दिनुभएको हो ।
“विमानस्थल निर्माणका लागि देखापर्ने नीतिगत समस्या र ऐन कानुनको सहजीकरण गर्न म निरन्तर लागेको छु”, उहाँले भन्नुभयो – “तोकिएको समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्छ ।”
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको र वरिपरिको बाटो निर्माणसमेत भइसकेकाले अब केही दिनभित्रमा नै निर्माण कार्य अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आजै मन्त्री शाहीले रुपातालको शिरमा रहेको रूपाकोट भ्यू स्थलको उद्घाटन गर्दै यसले पोखरामा पर्यटन उद्योग प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पर्यटकीय सम्भावना बोकेको रुपाकोटबाट पोखराका महत्वपूर्ण पर्यटकीय फेवाताल, रुपाताल, बेगनासताल र सम्पूर्ण हिमशृङ्खलाको एकैपटक दृश्यावलोकल गर्न सकिन्छ ।
पर्यटकीय नगरी पोखराको सांस्कृतिक सम्पदा निर्माण गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको मन्त्री शाहीको भनाइ छ ।