न्याय माग्दै विक परिवार
प्रकाशित मिति : २०७३, ३० कार्तिक मंगलवार ०८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बागलुङ, ३० कात्तिक । जिल्लाको मल्म–९ झिर्काका खिमबहादुर विकको छिमेकीको कुटपिटबाट मुत्यु भएको भन्दै परिवारले न्यायको माग गरेका छन् ।
Advertisement
परिवारका सदस्यले सोही स्थानका २३ वर्षीय दीपक विकले आपसी विवादमा निर्मम ढङ्गले कुटपिट गर्दा मुत्यु भएको जाहेरी प्रहरीमा दिएका छन् । यही कात्तिक १५ गते पटकपटक गरी भएको कुटपिटका कारण श्रीमान्को मृत्यु भएको श्रीमती सुशीला विकले बताउनुभयो ।
कुटपिटपछि विस्तरामा सुत्नुभएका खिमबहादुर कात्तिक १६ गते बिहान भुइँमा मृत्युवरण गरेको अवस्थामा भेटिनुभएको थियो । कात्तिक १५ गते दिउँसो दीपकको घरमा मह काड्ने र बाख्रा किनबेचको सल्लाह गर्न पुगेका खिमबहादुर र दीपकबीच झगडा उत्पन्न भएको थियो । खिमबहादुरलाई दीपकले कोदालाको बिडले हानेको सँगै गएकी १३ वर्षीया छोरी आरती विकले बताइन् ।
“बाख्रा (किनबेच) को सल्लाह गर्न बुबा र मसँगै गएका थियौँ, त्यहीँ झगडा भयो”, आरतीले भनिन् “कोदालाको बिँडले पिठ्यँु र कोखमा हानेका हुन् ।”
खिमबहादुरको परिवारका अनुसार दीपकले पछि पनि घरमै आएर कुटपिट गरेका थिए । “घरमा आएर लात्तीलात्तीले कुट्यो, हामीले कति बिन्ती ग¥यौँ, उसले सुनेन” श्रीमती सुशीलाले भन्नुभया,े “पछि उसको घरबाट आमा र बैनी आएर छुट्टाएर लगे, उहाँ घरमै अचेत अवस्थामा झैँ गरी सुतिराख्नुभएको थियो, भोलिपल्ट बिहान उहाँ विस्तराबाट भुइँमा लडेको अवस्थामा भेटिनुभयो ।”
बिहान ७ बजे भेटिँदा खिमबहादुरको प्राण गइसकेको थियो । त्यसपछि हारगुहार गरेपछिमात्र आफन्त र प्रहरी घटनास्थल पुगेका थिए । पातलो बस्ती भएको गाउँ भएकाले घटनाबारे धेरैले पत्तो पाउन सकेका थिएनन् । आरोपित दीपक विकलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । अदालतबाट म्याद थपी आरोपित व्यक्तिमाथि छानबिन चलिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृतक खिमबहादुरको शव परीक्षणपछि परिवारले अन्त्येष्टि गरिसकेको छ । परिवारले घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक खिमबहादुरका साँइलोबाबा रामबहादुर बिकले कुटपिटबाटै छोराको मृत्यु भएकाले आफूहरुले न्याय पाउनुपर्ने बताउनुभयो । “निर्मम खालको कुटपिटबाट मृत्यु भएको छ, प्रहरीले मुद्दा अगाडि बढाएको छ”, विकले भन्नुभयो, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, हाम्रो यत्ति माग छ ।”
खिमबहादुरको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । श्रीमती, चार छोरी र एक छोरासहितको परिवार धान्दै आएका खिमबहादुर पेसाले ट्र्याक्टर चालक रहेका थिए । “छोराछोरी त जसोतसो हुर्काउँला, बढाउँला, तर हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही हुनुपर्छ”, श्रीमती सुशीलाले भन्नुभयो ।
सुशीलासँग १६ वर्षीय छोरी पूजा विक, १२ वर्षीया आरती, १० वर्षीया ज्योति, ७ वर्षीया आकृति र ४ वर्षका छोरा आशिष विक छन् । दुःखजिलो गरेर जीविका गर्दै आएका विकको परिवारमा ठूलो बज्रपात परेको छ । एकातिर न्याय पाइने हो कि होइन र अर्कोतिर परिवार कसरी चलाउने भन्ने चिन्तामा विक परिवार रुमल्लिएको छ । रासस