गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं । बालिका बलात्कारका आरोपीलाई थुनामुक्त गर्न आदेश दिने कास्की जिल्लाका न्यायाधीश लालकाजी श्रेष्ठमाथि न्यायपरिषदले छानविन गर्ने भएको छ । उनीविरुद्ध परिषद्मा उजुरी गरेको छ । प्रारम्भिक अध्ययनबाट न्यायाधीशको बद्नियत देखिएको परिषद स्रोतले जनाएको छ ।न्यायाधीश श्रेष्ठको ४ वैशाखमा १६ वर्षीया किशोरी पोखरा असी ९प्रहरीले अदालतमा पेश गरेको परिवर्तित नाम० लाई बलात्कार गरेको अभियोग लागेका सुन्दर कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए । फैसलामा विभिन्न तथ्य...
काठमाडौं ।नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो। महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ। सरकारले प्रेस काउन्सिलको...
नेपालगन्ज । आजदेखि देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म देशभर मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन । देशभर कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । देशभरि बढेको गर्मी केही...
नेपालगन्ज । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक...
काठमाडौं । सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो । कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई...
नवलपुर (पूर्व नवलपरासी )।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले देशविकास र लोकतन्त्रका लागि आम नागरिक, महिला, दलित , जनजाति, सिमान्तकृतवर्ग सशक्त हुनुपर्ने बताउँनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आज नवलपुर जिल्लाको कावासोति नगरपालिका स्थित वि.पी. स्मृति भवनमा नेपाल महिलासंघको कार्यक्रममा तन्तरक्रिया गर्नुहुँदै काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सो कुरा बताउनु भएको हो । साथै केन्द्रीय सदस्य गिरीले के पी ओलि नेतृत्वको कम्युनिस्ट सरकारले अहिले देशमा...
नेपालगन्ज । बिप्लब समूह ल्ले भोलि बन्द नरहेको जनाएको छ।बैशाख २३ गते नेपाल बन्दको हल्ला चले विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको छ । सामाजिक सञ्जालमा बन्दको खबर ब्यापक रुपमा फैलिएपछि विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको हो । अधिकाशंलाई नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको भ्रम परेको तर्फ पार्टीको ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आफ्नो कुनै बन्दको कार्यक्रम नरहेको स्पष्ट पारेको हो । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु...
नेपालगन्ज । आज आमाको मुख हेर्ने दिन।जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा...
नेपालगन्ज । पेट्रोलीयम पदार्थमा फेरि मूल्य बढेको छ।नेपाल आयल निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मुल्य लागू भएको छ । ...
एक जना जन्तीको मृत्यु पछि प्रहरी कार्यालयमा ढुङ्गामुढा भएको छ।बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् ।पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय...