भोली देशभरका अदालतहरु बन्द हुने
प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार १५:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए ।
नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
खत्री प्रधानन्यायाधिशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदूत समेत बनेका थिए ।यसैबीच, सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश खत्री निधनको शोकमा जेठ १२ गते (भोली) एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ ।
Advertisement