कर्णाली प्रदेशमा रहेका समाचारहरु

गोली लागेर हुम्लामा एक जनाको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतारालाई उक्त...

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ०९ः५१ मिनेटमा

नेपालगन्ज, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम्...

दुई लाख ५१ हजारसहित १४ जुवाडे पक्राउ

जुम्ला,३० असोज । बसपार्क नजिकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरेको हो । उक्त रकम जफत गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र...

आज नवरात्रको पाँचौं दिनमा नवुदर्गा भवानीको स्कन्दमाता पूजा

नेपालगन्ज.२८ असोज । आज नवरात्रको पाँचौं दिनमा नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ ।उनलाई पद्मासना देवी पनि भनिन्छ ।हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप...

दशैको मुखमा बाढीपीडित भन्छन्– खर्च पनि छैन, हर्ष पनि छैन: बाढी पीडित

सुर्खेत,दिपकजंग शाही,२५ असोज। दश वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्। उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्। दस वर्षका विवेक नेपाली सडकबाट डेढ सय मिटर तलको खोलाबाट ढुंगा बोकेर ल्याउँछन्। उनकी ६१ वर्षीया हजुरआमा देवीसरा ती ढुंगा टुक्र्याएर गिटी बनाउँछिन्।परिवारको दैनिक गुजारा यही हो। सुर्खेत, बराहताल गाउँपालिका–२, गिरीघाटस्थित बाढीपिडित शिविरमा बस्ने विवेक कक्षा ३ मा पढ्छन्। बिहानको समय विवेककी आमा भान्साको काममा व्यस्त हुन्छिन्। त्यही...

दु्रत गतिमा भेरी–बबईको सुरुङ निर्माण

 सुर्खेत,२४ असोज।  भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम) ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी...

बिजया दशमी शुरू, आज पहिलो दिन घटस्थापना

नेपालगन्ज,२४ असोज। नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य जमरा बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने...

नेविसंघमा अब ३२ वर्षभन्दा बढि उमेरका व्यक्ति नेता हुन नपाउने

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । राति अबेरसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई अनुमोदन गरेको हो । समितिका संयोजकसमेत रहेका डा। प्रकाशशरण महतले यो प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका थिए । तर नेता रामचन्द्र पौडेल निकट नेताहरुले यसको तीव्र विरोध गरेपछि राति अबेरसम्म बैठक लम्बिएको थियो । बैठकले १२ औं महाधिवेशन...

दैलेखको भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्पको धक्का

सुर्खेत,१९ असोज। दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो। दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दैलेखको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४।० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए...

दशैं मनाउन भारतबाट घर फर्किनेहरुको जमुनाहामा घुइँचो

नेपालगन्ज,१८ असोज। दशै मनाउन घर फर्किने नेपालीहरुको नेपालगञ्जको जमुनाहा सीमानाकामा घुइँचो लागेको छ । कामका लागि भारत गएका नेपाली दशैं मनाउन घर फर्किन थालेका हुन् । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरिक्षक शिवकुमार ओलीले अहिले दैनिक ७ सयको हाराहारीमा नेपालीहरु दशैं मनाउन घर फर्किने गरेको बताउनुभयो । पछिल्लो समय नेपाल फर्किनेको संख्या तेब्बरले बृद्धि भएको ओलीले जानकारी दिनुभयो । प्रदेश ५, ७ र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिसहरु...