चौरजहारी विमानस्थलमा बुधबारदेखि उडान शुरु हुने
प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार ०९:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मुसिकोट, ६ कात्तिक । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७ महीनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो ।
Advertisement
फाईल तस्बिर
उहाँका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु गर्ने बताइएको छ । हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा शुरु हुन लागेको हो ।
लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ । यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए । रासस।