कर्णाली प्रदेशमा रहेका समाचारहरु

सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न...

ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान भएन्

रुकुम पश्चिम, १५ असोज । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन् । वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५-३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक...

जाजरकोटका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी मर्कामा

जाजरकोट, १४ असोज । जाजरकोटका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरालगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा...

पहिरोका कारण उर्थु-लासी सडकखण्ड तीन महीनादेखि बन्द

खलङ्गा, जुम्ला, १० असोज। अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । सो सडकखण्डमा यातायात सेवा ठप्प छ ।सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भन्नुभयो ।...

सरकारले तोक्यो नयाँ गाडी भाडा ( दर रेट सहित)

काठमाडौँ,८ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४...

दसैँको साइत सार्वजनिक

नेपालगन्ज,६ असोज।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ। यसैगरी असोज...

नेकपाले तोक्यो प्रदेश इन्चार्ज, प्रदेश ५ मा शंकर पोखरेल

नेपालगन्ज,५ असोज।नेपाल कम्यूनिष्ट पार्टीले लामो कसरतपछि प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको जिम्मेवारी तोकेको छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले शुक्रबार ईन्चार्जहरु तोकेको हो । प्रदेश १ मा इन्चार्ज, भीमप्रसाद आचार्य, सहइन्चार्ज, सावित्री काफ्ले अध्यक्ष, देवराज घिमिरे सचिव, सुरेशकुमार राई प्रदेश २ र्इन्चार्जःसत्यनारायण मण्डल, सहइन्चार्जः विश्वनाथ साह, अध्यक्षः प्रभु शाह, सचिव९ःसुमनराज प्याकुरेल प्रदेश ३ र्इन्चार्जःअष्टलक्ष्मी शाक्य, सहइन्चार्जः नारायण दाहाल, अध्यक्षः हितराज तामाङ, सचिवः आनन्द पोखरेल गण्डकी प्रदेश र्इन्चार्जः पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जः खगराज अधिकारी, अध्यक्षः हितराज पाण्डे, सचिवः गोविन्द...

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोक्यो

काठमाण्डौ,५ असोज।रकारले ईन्धनको अभाव रहेको स्वीकार गर्दै वितरण प्रणालीमा कोटा प्रणाली लागु गरेको छ । अब सवारी साधनहरुले तोकिएको परिमाणमा मात्र ईन्धन भर्न पाउने छन् । नेपाल आयल निगमले पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गर्दै कोटा प्रणाली लागु गरेको हो । ईन्धन भर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर, हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, छोटो दुरीका सवारी साधनलाई बढीमा डिजेल ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १००...

प्रधानमन्त्रीद्वारा संविधान दिवसका अवसरमा शुभकामना

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालगन्ज,२ असोज।नेपाल आयल निगमले   ईन्धनको मूल्य बढाएको छ । निगमले सार्वजनिक गरेको विवरण अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार घाटा कम गर्न मूल्य बढाईएको निगमले जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र डिजलमा अझै...