कर्णाली प्रदेशमा रहेका समाचारहरु

खेतीयोग्य जमीनमा पाँच वर्षभित्र सिँचाइ सुविधा पुर्याउने लक्ष्य

काठमाडौँ, १७ जेठ-सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो । सरकारले विशेषगरी राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन, रानी जमरा, कुलरिया, सिक्टा र बबई आयोजना निर्माण गरिरहेको छ । ती परियोजनाबाट सरकारले बाँके,...

यौन सम्पर्ककै क्रममा महिलाको मृत्यु, बादीले शव ढलमा फाले

रुकुम, १६ जेठ – पश्चिम रुकुम(पश्चिम)को सदरमुकाम मुसीकोट नगरपालिकाको सहिद मैदानमा मंगलबार बिहान भेटिएको शव यौन सम्पर्ककै क्रममा मृत्यु भएपछि फालिएको अनुसन्धानबाट खुलेको छ। मंगलबार बिहान ३८ वर्षीया इच्छा बुढा (बिसी)को शव सहिद मैदानमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर इच्छाको मृत्यु यौन सम्पर्ककै क्रममा भएको खुलेको बताएको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा मुसीकोट नगरपालिका १ का १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको...

बजेटको आकार १३ खर्ब, १५ अर्ब, १६ करोड (पूर्ण पाठसहित)
"बजेट समाजवादी उद्देश्यको भएको दाबी "

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्बको बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संघीय संसदका दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख हुने बताएका हुन् । नेपाल सरकारले हरेक जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम मंगलबार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट...

सरकारले आज १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै

काठमाडौं, १५ जेठ । आज सरकारले संघ, प्रदेश र स्थानीय तहलाई समेत गरेर करिब १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने बजेटमा संघीय सरकारलाई १२ खर्ब तथा प्रदेश र स्थानीय सरकारलाई ४ खर्ब बिनियोजन गर्ने तयारी छ । जसअनुसार संघीय सरकारको बजेट कुल खर्चको ७५ र तल्लो तहका दुई वटा सरकारको बजेट २५ प्रतिशत हुने छ । नेपाल राष्ट्र बैंकले संघीय सरकारको...

जाजरकोटमा नुन खानी ! ९० प्रतिशत नुनको मात्रा भेटीयो

जाजरकोट ।   जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ। जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँस्थित खारा खोलामा नुन खानीको सम्भावना देखिएको हो। खारा गोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो। जाजरकोट प्रदेश सभा सांसद गणेशप्रसाद सिंहले खारा खोलाको पानी परीक्षण गर्दा ९० प्रतिशत नुनको मात्र भेटिएको हो। सांसद सिंहले वाटर ईन्जिनियरिङ एण्ड टेनिङ सेन्टर काठमाडौंमा पानी परीक्षणका लागि पुर्याएका थिए। ‘ल्याव टेष्ट गर्दा पानीमा ९० प्रतिशत नुनको...

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत, ८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ ।मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताउनुभयो । आर्थिक मामिला तथा...

जाजरकोटका दुर्गम गाउँमा अफिम खेती मौलायो

जाजरकोट, ७ जेठ। नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ ।कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् । चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन् । सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा...

सल्लीबजार बस दुर्घटनाका घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार हुदै
"चार जना गम्भीर घाइते:डा.रोमन क़िदवाई "

सौरभ गिरी/राम प्रसाद तिमिल्सिना,नेपालगन्ज,६ जेठ।आइतबार दिउशो सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।  घाइतेहरुको सल्यान अस्पतालमा उपचार हुन नसकेपछि सबै घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको लागि ल्याइएको छ।    बस दुर्घटनामा ४३ जना घाइते मध्य ३९ जनालाई अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा उपचार भईरहेको छ। उपचारमा संग्लन  मेडिकल कलेज नेपालगन्जका सर्जन एब्म उप-निर्देशक डाक्टर रोमन क़िदवाईका अनुसार ४ जना घाइते गम्भीर रहेको...

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुर्खेत, ४ जेठ – ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताउनुभयो । सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नंको ट्र्याक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । ट्र्याक्टर चालक...

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो
"चालक दलका दुवै सदस्यको निधन "

नेपालगञ्ज, जेठ २ । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको निधन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भन्नुभयो, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकि छ ।’ नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार रहेको बताइएको छ। सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका...