कर्णाली प्रदेशमा रहेका समाचारहरु

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो । भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर...

डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या
"सदरमुकाम दुनैबाट पठाइएको थप प्रहरी घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने "

दुनै, डोल्पा, ४ असार । हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा...

प्रदेश ५, कर्णाली र प्रदेश ७ मा गरिबीको दर उच्च

नेपालगञ्ज, ३ असार  । प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ मा गरिबीको दर राष्ट्रिय औसत २५.२ प्रतिशत भन्दा उच्च छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक तथा जनसांख्यिक प्रोफाइलका अनुसार सबैभन्दा बढि प्रदेश ७ मा गरिबीको दर ४२.० प्रतिशत, गरिबीको विषमता १२.१ प्रतिशत, तथा गरिबीको गहनता ४.६ प्रतिशत छ । बहु–आयामिक गरिबीको दरलाई विश्लेषण गर्दा भने कर्णाली प्रदेशमा सबैभन्दा बढी गरिबी देखिन्छ । त्यसपछिका गरीब प्रदेशहरुमा...

प्रथम मेयर कप २०७५ अन्तर्गत दोस्रो दिनको क्रीकेट प्रतियोगिता सम्पन्न

ज्ञानु खडका/सुर्खेत , २८  जेष्ठ।भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ अन्तर्गत दोस्रो दिनको क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ। भेरिगङ्गा ११ रामघाट्मा जारी उक्त क्रीकेट खेलमा वडा न.१३ लाई ११ ले , त्यस्तै वडा न. ८ लाई ५ ले, वडा ११ लाई १० ले र वडा ६ लाई ५ ले जितेको छ। सेमिफाईनल भने मङ्गलबार बिहानै देखि सुरुहुने कुरा नगर खेलकुद...

कर्णालीको नीति तथा कार्यक्रमस् रेलमार्गदेखि केवलकारसम्म

  सुर्खेत, २६ जेठ – कर्णालीमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको आगामी नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सडक निर्माण र पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। सरकारको नीति तथा कार्यक्रममा सुरुङमार्गदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि समेटिएको छ। नीति तथा कार्यक्रममार्फत् सरकारले बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सा, सुर्खेतको रानीघाटदेखि...

ताराको एयरको जहाज जुम्ला एयरपोर्टमा दुर्घटना, यात्रु सुरक्षित

काठमाडौँ, २६ जेठ – नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा ९ एन एइभी कलसाइन भएको ट्वीनअटृर विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिम दक्षीणको तारको जालीमा ठोक्किएको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख कैलाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन चालक जेके निरौला, सहचालक हिक्मत रोकाया, एयर होस्टेस प्रतिमा राणा तथा यात्रुहरुमा दुई बच्चा सहित...

दलित महिला जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग

काठमाडौँ, २५ जेठ-  प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो । उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा ९एमाले० बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो । सांसद...

सडकमा पहिरोका कारण आवागमन ठप्प

दुनै, २५ जेठ -डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेना र प्रहरी मिलेर पनि पहिरो पन्छाउन सक्ने स्थिति नरहेकाले डोजर प्रयोग गरी पहिरो हटाउन जनप्रतिनिधिसंग आग्रह गरिएको बताइएको छ...

प्रहरी हिरासतबाटै अभियुक्त भागे

हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट कर्तव्य ज्यान मुद्धाका अभियुक्त चंखेल्नी गाउँपालिका मिमि गाउँका २८ वर्षीय लोकेन्द्र बुढा र चोरी आरोप लागेका खार्पुनाथ गाउँपालिका ४ का लेखे परियार प्रहरीको हिरासतबाट भागेका छन् । दुवैजना पूर्पक्षका लागि ८ महिना अघिदेखि अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताउनुभयो । उनीहरु दुवैजनाको खोजी भइरहेको छ । ...

कर्णाली प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा सुरु

सुर्खेत, २४ जेठ कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गर्नुभयो । हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राख्नुभएको थियो भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राख्नुभएको थियो...