कर्णाली प्रदेशमा रहेका समाचारहरु

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोट, १ जेठ ।जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने...

मानव अधिकार रक्षक संजाल सुर्खेतको संयोजकमा अशोक राजी

सुर्खेत,३० बैशाख । मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आईतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ। थर्ड एलायन्सको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही बनाउनका लागि संजालले माहत्वपूर्ण भूमिमका निर्वाह गर्ने बताउनु भयो । उहाँले स्थानीय समुदायलाई अधिकार र कर्तव्यका...

कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै

सुर्खेत,२६ बैशाख। छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पु-याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ। कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग,...

मुग्लिनमा बसको ठक्करबाट सुर्खेतका दिलबहादुर खत्रीको मृत्यु

चितवन, २६ वैशाख । गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

मध्यपश्चिम क्षेत्रीय अस्पतालः २४ जनाको दरबन्दी, ७ जनाबाट मात्र सेवा

सुर्खेत,२५ बैशाख।सुर्खेतको  वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल करिब १२ वर्ष अघिसम्म जिल्ला अस्पतालका रूपमा सञ्चालन भैरहेको थियो । साविकको मध्यपश्चिम क्षेत्रका नागरिकलाई विशेषज्ञसहितको सेवा दिने गरी अस्पतालको विकास गर्ने योजनासहित २०६२ सालतिर यसलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा नामाकरण गरिएको थियो। नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालको अघि क्षेत्रीय थियो तर सेवासुविधा जिल्ला अस्पतालको जति पनि थिएन। पछिल्लो एक वर्षमा भौतिक रूपमा अस्पतालको मुहार फेरिन थाले...

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

  त्रिपुराकोट, डोल्पा, २३ वैशाख –  यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताउनुभयो...

छिमेकीलाई दिसा खुवाउने महिलालाई सुर्खेत प्रहरीले समात्यो

सुर्खेत, २१ वैशाख। सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल...

नासुको भरमा भेरी नगरपालिका

जाजरकोट, २० वैशाख – भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् । नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन् । ती अधिकृतस्तरका कर्मचारीले नायब सुब्बालाई हाकिम मान्नुपर्ने बाध्यता आइपरेको छ । नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत रामप्रसाद शर्मा सरुवा भएर जिल्लाबाहिर गएपछि रिक्त रहेको उक्त...

११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जाजरकोटमा अस्पतालमा एक कर्मचारीको जागिर कायमै

जाजरकोट, २० वैशाख। बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ...

कर्णाली प्रदेशमा असिनापानीले अन्नबालीमा लाखौँको क्षति

सुर्खेत, १९ वैशाख । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ । यही वैशाख १६...