जाजरकोटमा नुन खानी ! ९० प्रतिशत नुनको मात्रा भेटीयो
प्रकाशित मिति : २०७५, ११ जेष्ठ शुक्रबार १६:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
जाजरकोट । जाजरकोटमा नुन खानीको सम्भावना देखिएको छ। जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँस्थित खारा खोलामा नुन खानीको सम्भावना देखिएको हो। खारा गोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको हो।
जाजरकोट प्रदेश सभा सांसद गणेशप्रसाद सिंहले खारा खोलाको पानी परीक्षण गर्दा ९० प्रतिशत नुनको मात्र भेटिएको हो। सांसद सिंहले वाटर ईन्जिनियरिङ एण्ड टेनिङ सेन्टर काठमाडौंमा पानी परीक्षणका लागि पुर्याएका थिए।
‘ल्याव टेष्ट गर्दा पानीमा ९० प्रतिशत नुनको मात्र भेटिएको छ’, सांसद सिंहले भने, ‘राम्रो नजिता निक्लेपछि खानी तथा भूगर्भ विभागमा उक्त कुराको जानकारी गराएको छु।’
खानी विभागका महानिर्देशक राजेश खनालले केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउने प्रतिबद्धता जनाएको सांसद सिंहको भनाइ छ।
बारेकोटमा नुन निकाल्न सके देशलाई नुनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ। खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नुन उत्पादन गर्न सकिने उनको भनाइ छ। ‘यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ। म प्रदेश सभाको बैठकमै यसबारे कुरा उठाउँछु।’
बारेकोटमा नुन खानीका साथै फलाम खानी समेत रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। नुन तथा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले अध्ययनका लागि आवश्यक सहयोग गर्ने उनको भनाइ छ।