मुग्लिनमा बसको ठक्करबाट सुर्खेतका दिलबहादुर खत्रीको मृत्यु
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार ०७:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन, २६ वैशाख । गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा राति नै मृत्यु भएको हो । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर राखिएको छ।
सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने नियन्त्रणमा छन् । रासस।