कर्णालीको बजेट पारित, एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याइयो
प्रकाशित मिति : २०७५, १६ बैशाख आईतवार १६:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं , १६ वैशाख – कर्णाली प्रदेशले ल्याएको चालु आर्थिक वर्ष ०७४/ ७५ को तेस्रो चौमासिक बजेट पारित भएको छ । गत बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको बजेट आइतबारको संसद बैठकले सर्वसम्मत पारित गरेको हो ।कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व दुई करोड पाँच लाखको बजेट ल्याएको छ । बजेट पारित भएसँगै कार्यानवयनको बाटो समेत संसदले खोलिदिएको छ ।आइतबारको संसद बैठकले आर्थिक वर्ष ०७४र७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ पारित गरेपछि बजेट कार्यान्वयनको बाटो खुलेको हो ।यस्तै आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५को मस्यौदा प्रस्तुत गरेका छन् । आर्थिक विधेयक पारित भएपछि मन्त्री ज्वालाले अर्को विधेयक टेवल गरेका हुन् ।प्रदेश सभाको अर्को बैठक वैशाख १८ गते १ बजेका लागि तोकिएको छ ।
Advertisement