कर्णाली प्रदेशमा रहेका समाचारहरु

केहि ब्यक्तिको लोभमा सिंगै प्रहरी सँगठन बदनाम हुँदै

फाल्गुन ५, डिल्ली पाण्डे/काठमाण्डौ।पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गर्‍यो। लागूऔषध मुद्दामा कारबाही अघि बढाएको सिटौलासँग करिब १ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाई बागमतीमा कार्यरत सिटौला तालिमकै क्रममा प्रहरी एकेडेमी भित्र रहेको बेला पक्राउ परेका हुन्। त्यस लगत्तै महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्‍यो। बैतडीका दुई साथीसँग मिलेर चितुवाको छाला बेच्ने क्रममा उनी प्रहरीको फन्दामा परे। जिल्ला...

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुको दौडधूप तीब्र

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुले दौडधूप तीब्र पारेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् । मन्त्रीका लागि आकांक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ । अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेल देखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यस अतिरिक्त पूर्व...

अधिकांश प्रसारणलाइन निर्माणमा समस्या, मारमा ऊर्जा उद्यमी

रमेश लम्साल, काठमाडौं, ५ फागुन । सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा अगाडि बढेका छन् । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणले हर्जना नै तिर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । प्राधिकरणका अनुसार देशभर हाल ४५ वटा साना ठूला प्रसारण लाइन निर्माणको चरणमा रहेका...

डोल्पाको एक गाउँपालिकामा औषधि अभाब हुदा समस्या

फाल्गुन ४,डोल्पा । त्रिपुरासुन्दरीनगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो ।...

पूर्व प्रधानपञ्चका छोरा शाही बने मुख्यमन्त्री, यस्ता छन् योजना

सुर्खेत, ४ फागुन । प्रदेश नम्बर ६ ले मुख्यमन्त्री पाएको छ । वाम गठबन्धनको निर्णय अनुसार प्रदेश ६ मा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका छन्, यद्यपी सपथ ग्रहण भने शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महेन्द्र बहादुर शाहीले ३२ जना सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई बिहीवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ सानैदेखि नयाँ...

नयाँ प्रधानमन्त्रीलाई राज्य सञ्चालन र अर्थतन्त्रलाई गति दिन पुँजी जुटाउने चुनौती

काठमाडौं, ४ फागुन । पहिलो कार्यकालमा सर्वसाधारणलाई उपभोग्य सामानको जोहो गर्नमा समय खर्चिएका प्रधानमन्त्री केपी ओलीले यसपटक राज्य सञ्चालन र अर्थतन्त्रलाई गति दिन पुँजी जुटाउने चुनौती समना गर्नुपर्नेछ । आन्तरिक ऋण उठाएर कर्मचारीको तलब खुवाउनु परिरहेको वर्तमान अवस्थामा उनको प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु भएको छ । मुलुकमा सबैले भनेजस्तो समृद्धिका लागि थप पहल आवश्यक हुनेछ । चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन पाउने बजेटमा व्यवस्था छ । यसको...

प्रधानमन्त्री केपी ओली द्वारा सपथ ग्रहण

फाल्गुन ३,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए। यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका...

प्रधानमन्त्री देउवा आज राष्ट्रका नाममा सम्बोधन गर्दै

फाल्गुन ३,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गर्ने भएका छन् । उनले आज बिहान राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन। मन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहान ९ बजे बस्ने मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ...

कर्णालीमा हप्तादिनमै पुस्तक पु¥याउँदै नीजिक्षेत्र

नेपालगन्ज, २ फागुन । कर्णाली अञ्चलका बिद्यार्थीहरुको हातमा पाठ्य पुस्तक पु¥याउने उदेश्य सहित नीजि क्षेत्रले छापेका पुस्तकहरु बुधवारदेखि त्यसतर्फ पठाउन सुरु गरिएको छ । नेपालगन्ज लगायत देश अन्य ठाउ“मा छापिएका कक्षा १ देखि ५ सम्मका पुस्तकहरु कर्णाली जिल्लामा पठाउन सुरु गरेको पाठ्पुस्तक छाप्नका लागि सरकारबाट सुचिकृत मध्ये एक नया“ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले जानकारी दिएका छन् । उनका अनुसार बुधवार एक कार्यक्रमको आयोजना गरी कर्णालीको डोल्पा, जुम्ला र हुम्लाका...

१४ फेब्रुअरीमा विश्वभर किन मनाइन्छ ‘भ्यालेन्टाइन्स’?

फाल्गुन २,नेपालगन्ज । १४ फेब्रुअरीमा  सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् । इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका...