कर्णाली प्रदेशमा रहेका समाचारहरु

कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ

सुर्खेत,  फागुन १९।   कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो । उहाँले यो प्रदेशले आफ्नो समृद्धिका...

सुर्खेतमा ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु

सुर्खेत, फागुन १५ । सुर्खेतमा आज ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ । गुर्वाकोट नगरपालिका–२ मालारानीमा भे १ ख ६१८६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गुर्वाकोट नगरपालिका ८ का चालक २६ बर्षीय फत्तेबहादुर विक, १९ बर्षीय शशिराम विक र १८ बर्षीय दयाराम खत्रीको मृत्यु भएको संघीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो । गौरीबजारबाट बड्डीचउरतिर जाँदै गरेको ट्याक्टर विहान साढे १० बजेतिर पल्टिँदा अरु २ जना...

कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या

फाल्गुन १५, नेपालगन्ज। कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ। संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो । कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो दैनिक कार्य सञ्चालन गर्नुपर्ने अवस्थाका कारण नयाँ संरचनाका मन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि कठिनाइ भएको हो । पहिलो चरणमा मन्त्रालयका मन्त्री र सचिवको...

डोल्पामा अझै पुस्तक पुगेन्

डोल्पा, १३ फागुन ।डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिनुभयो।...

शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

डोल्पा, ११ फागुन ।  सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो । “दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख जीवराज बमले भन्नुभयो– ““प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका लागि दैनिक सातदेखि १० जनासम्म सेवाग्राही आउने गरेका छन्,...

प्रदेश सभा सदस्यनै नहुदा प्रदेश ६ को बैठक शनिबार सर्यो

फागुन १०,सुर्खेत। प्रदेशसभाका सदस्यले संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन । बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबारसम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अधिकांश सांसद संघीय राजधानी काठमाडौंतिर लागेका छन् ।...

रुकुममा खेतबारीमै किसान पाठशाला

रुकुम, ९ फागुन । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् ।   परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू...

मुख्यमन्त्री आइसके,काम गर्ने कर्मचारी भएनन

फाल्गुन ९, काठमाण्डौ।संघीय व्यवस्थाअनुरुप सातै प्रदेशमा गठन भएको सरकारलाई पहिलो गाँसमै ढुंगा बनेको छ, कर्मचारी अभाव। प्रदेश सरकारबाट स्थानीयले थुप्रै आस लिएका छन्। नवनियुक्त मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेश निम्ति विकास कार्यक्रमका खाका पनि घोषणा गर्न थालिसके। कर्मचारी अभावमा ती कार्यक्रम तत्काल कार्यान्वयन हुने अवस्था भने छैन। प्रदेश सरकार निम्ति कर्मचारी खटनपटन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको हो। मन्त्रालय प्रवक्ता शिवराम न्यौपानेका अनुसार अहिलेसम्म हजारभन्दा धेरै कर्मचारी प्रदेशमा खटिएर गइसकेका छन्। ‘प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री...

पार्टी एकताको सहमतिपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको औपचारिक सहमतिपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरु गरेका छन् । पार्टी एकताको टुंगो नलागेको भन्दै यसअघि माओवादी सरकारमा सहभागि भएको थिएन । नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमालले यो साताभरीमा मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘अहिलेसम्म माओवादीको तर्फबाट नाम आएको छैन, मन्त्री बन्नेको नाम आएपछि एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ’ रिमालले लोकान्तरसँग भने ।...

अब प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

काठमाडौँ, ५ फागुन । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर...