कर्णाली प्रदेशमा रहेका समाचारहरु

अज्ञात रोगले छात्रा बिरामी हुँदा पढाइ बन्द

फागुन १,जाजरकोट । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।   त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताउनुभयो । दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ...

अाज महाशिवरात्रि आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदै

नेपालगन्ज, १ फागुन । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी...

एक साता भित्र प्रदेशमा सबै कर्मचारी हाजिर हुन्छन्:सामान्य प्रशाशन मन्त्रालय

माघ २९,काठमाण्डौ।सामान्य प्रशासन मन्त्रालयले‍ एक साताभित्र सबै प्रदेशमा कर्मचारीको व्यवस्थापन हुने बताएको छ। प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभाको सचिवालय, आन्तरिक मामला मन्त्रालय, आर्थिक योजना मन्त्रालयमा आवश्यक कर्मचारी खटिसकेको र बाँकी कर्मचारी एक हप्ताभित्र खटिने सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए। ‘तत्काल कर्मचारी पुग्न ढिला भएको हो। तर एक हप्ताभित्र सबै प्रदेशमा कर्मचारी खटिनेछन्,’ सहसचिव न्यौपानेले भने, ‘कर्मचारीले अटेर गर्न सक्दैनन्। किनकी सरकारले खटाएको ठाउँमा जागिर खान जान्छौं भनेरै...

दलित बस्तीमा लामो समयदेखि खानेपानीको अभाव

 माघ  २९, जाजरकोट।आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफँै जाने हो भने घरको काम हुँदैन् हैकलीले भन्नुभयो । ६२ वर्षीया पानसरी विक पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव...

राष्ट्रियसभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११  बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो । सो विवरण आयोगले ७ दिनभित्र राष्ट्रपति समक्ष पेश...

दुई दिनदेखि सल्ले विमानस्थलमा जहाज थन्कियो

माघ २५,रुकुम। ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ । बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ ।   बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति...

राष्ट्रिय सभामा वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

माघ २५, नेपालगन्ज । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु...

प्रदेश नं. ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाममा सहमति

सुर्खेत, २४ माघ । प्रदेश नं. ६ को मुख्यमन्त्रीमा कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीको नाममा सहमति भएको छ ।  पूर्व ऊर्जा मन्त्रीसमेत रहेका  शाहीलाई मुख्यमन्त्री बनाउन माअोवादीका सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो । मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि  पूर्वगृहमन्त्रीहरु जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सुर्खेत पुगेका  थिए । माअोवादी केन्द्रका एक नेताले भने-‘अनौपचारिक छलफल भएको हो, छलफलबाट महेन्द्रबहादुर शाहीका नाममा सहमति भएको छ तर अाैपचारीक घोषणा भने भएको छैन ।...

राष्ट्रियसभा सदस्य : ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

माघ २४, नेपालगन्ज । संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख  र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर...

सुर्खेतमा सांसदलाई डेरा पाउन मुस्किल, अधिकांश होटेलमै

  माघ २३, सुर्खेत ।  पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ। गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो । “सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरँे, अहिले लोकप्रिय होटेलमा बसेकी छु ।...