कर्णाली प्रदेशमा रहेका समाचारहरु
माघ २३,जाजरकोट । जाजरकोटमा दूई दिनदेखि नेपाल टेलिकमको ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ । सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ । फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ ।...
माघ २३,काठमाण्डौ। नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार, ०७२÷७३ मा दुई हजार छ, ०७३÷७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी...
माघ २१,चितवन।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् । महासंघको चितवनमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालको लागि कर्माचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । महासंघको नयाँ कार्यसमिति चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी डोलनाथ खनाललाई २७९ मत अन्तरले पछि पार्दै कर्माचार्य अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको १ हजार ७८४ मतमध्ये कर्माचार्यले ९८७ र खनालले ७०८ मत प्राप्त गरेका थिए । अध्यक्षतामा निर्वाचित कर्माचार्य महासंघका निर्वतमान अध्यक्ष तथा...
२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो । जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो । बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको छ । कार्यसूचीमा रहेका मुख्य एजेण्डाहरु प्रदेश संसद सञ्चालन कार्यविधि र...
माघ २०,नेपालगन्ज।नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ । काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीयतहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध...
माघ १९, नेपालगन्ज । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि छ । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । ...
सल्यान, माघ १८ । सल्यानका बजारहरुमा जथाभावी फोहोर बढ्न थालेपछि सरसफाइको लागि ‘सुइरो अभियान’ सुरु गरिएको छ । अव्यवस्थित तरिकाले जथाभावी फोहोर फाल्नाले बजार दुर्ग्न्धित भएपछि अभियानको थालनी गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारबाट अभियानको सुरु गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्गन्धित हुन थालेपछि हातहातमा सुइरो लिएर बजार सरसफाई गरिएको छ । सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुइरो अभियान’ थालिएको होटल...
माघ १६,नेपालगन्ज। राजनीतिक भेटघाटका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउने भएकी छन्।भारतीय विदेश मन्त्रालय सोमबार साँझ विज्ञप्ति जारी गर्दै स्वराजले फेब्रुअरी १ र २ (माघ १८ र १९) मा नेपालको भ्रमण गर्ने जनाएको छ। मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच भइरहने उच्च तहको राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ। स्वराजको भेटघाटमा राजनीति भेटघाट र दुई देशका साझा हितका विषयमा कुरा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। स्वराजको नेपाल तय गरेर विदेश...
माघ १६, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस। देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते...
माघ १५,नेपालगन्ज।चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि नेपालअधिराज्य भर प्रदर्शनमा आउने भएको छ ।छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको मंगलम चलचित्रमा नायिका शिल्पा पोखरेल रहेका छन् भने कार्यकारी निर्माता छविराज ओझाको रहेका छ । मंगलम चलचित्र फागुन २५ गतेदेखि आउने भएपछि चलचित्रका सम्पुर्ण युनिट टिम प्रचारप्रसारमा लागेका छन्। मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिम आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएका छन् । नवल नेपालको निर्देशनमा तयार...