जाजरकोटमा दुई दिन देखि टेलिफोन सेवा बिग्रिदा समस्या
प्रकाशित मिति : २०७४, २३ माघ मंगलवार १०:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २३,जाजरकोट । जाजरकोटमा दूई दिनदेखि नेपाल टेलिकमको ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।
Advertisement
सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ ।
फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ । दुई दिन बितिसक्दासम्म फोनमा आएको समस्याका विषयमा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।