सल्यानमा सरसफाइको लागि ‘सुइरो अभियान’
प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार ११:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सल्यान, माघ १८ । सल्यानका बजारहरुमा जथाभावी फोहोर बढ्न थालेपछि सरसफाइको लागि ‘सुइरो अभियान’ सुरु गरिएको छ । अव्यवस्थित तरिकाले जथाभावी फोहोर फाल्नाले बजार दुर्ग्न्धित भएपछि अभियानको थालनी गरिएको हो ।
Advertisement
जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारबाट अभियानको सुरु गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्गन्धित हुन थालेपछि हातहातमा सुइरो लिएर बजार सरसफाई गरिएको छ । सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुइरो अभियान’ थालिएको होटल व्यवसायी संघ सल्यानका विकास डिसीले बताउनुभयो ।
व्यवसायीहरुबाटै ‘सुइरो अभियान’को थालनी भएपछि नेपाली सेना, नेपाल प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, बजारवासी, विद्यार्थीलगायतले अभियानलाई साथ दिएका छन् ।