कर्णाली प्रदेशमा रहेका समाचारहरु

ओली सरकारविरुद्ध सञ्चार क्षेत्र आन्दोलित

नेपालगन्ज । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक...

रुकुम पश्चिममा विप्लवका एक कार्यकर्ता पक्राउ गर्न हवाई फायर

रुकुम पश्चिम। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। ...

पत्रकारलाई १० लाख जरिवाना गराउने कानुन बन्दै

काठमाडौं । सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो । कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई...

भोलि बैशाख २३ हाम्रो पार्टीको बन्द छैन: बिप्लब

नेपालगन्ज । बिप्लब समूह ल्ले भोलि बन्द नरहेको जनाएको छ।बैशाख २३ गते नेपाल बन्दको हल्ला चले विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको छ । सामाजिक सञ्जालमा बन्दको खबर ब्यापक रुपमा फैलिएपछि विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको हो । अधिकाशंलाई नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको भ्रम परेको तर्फ पार्टीको ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आफ्नो कुनै बन्दको कार्यक्रम नरहेको स्पष्ट पारेको हो । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु...

आज आमाको मुख हेर्ने दिन

नेपालगन्ज । आज आमाको मुख हेर्ने दिन।जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा...

पेट्रोलीयम पदार्थको मूल्य वृद्धि

नेपालगन्ज । पेट्रोलीयम पदार्थमा फेरि मूल्य बढेको छ।नेपाल आयल निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मुल्य लागू  भएको छ । ...

अज्ञात रोगका कारण हुम्लामा ८ जनाको मृत्यु

हुम्ला।अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । ज्वरो आउने छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि मृत्यु हुने गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए । एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएको हो । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् । यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली...

आठौँ राष्ट्रिय खेलकुद: बैशाख ८ गते सम्म यस्तो छ पदक तालिका!

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म प्राप्त पदक तालिका टिमको नाम स्वर्ण रजत कास्य जम्मा पदक आर्मी           ७५     ४६     ३९       १६० पुलिस        ३२     २९    ३१       ९२ एपीएफ ३१    ३१     ३६        ९८ प्रदेश ३         १३      २०    ४०        ७३ सुदूरपश्चिम      ७        ५   ...

प्रतिबन्ध नहटाए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी

नेपालगन्ज  ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुलाई लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ।प्रतिबन्ध नहटाए, पार्टी नेतारकार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्। महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ। ‘यदी केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध शशक्त प्रतिरोध...

पब्जी खेलमा प्रतिबन्ध नलगाउन सर्वोच्चको आदेश जारी

काठमाडौं ।  पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी जारी भएको छ। सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक...