कर्णाली प्रदेशमा रहेका समाचारहरु

ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

नेपालगन्ज ।ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र...

आठौं राष्ट्रिय खेलकुद: राष्ट्रपतिद्वारा नेपालगन्जमा भव्य रुपले उद्घाटन

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश...

नेपालको आफ्नै भूउपग्रह आज राति अन्तरिक्षमा प्रक्षेपण गरिदै

काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ ।जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण...

बबईदेखि भेरीसम्म सुरुङ खनेर सकियो, प्रधानमन्त्रीद्वारा ‘ब्रेक थ्रू’

नेपालगन्ज  । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य आज सकिएको घोषणा गरिएको छ । भेरीगंगा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको हो । बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको छ । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङ मार्फत् बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाको ५१...

आज देखि नयाँ बर्ष,प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन

नेपालगन्ज  । आज देखि नयाँ बर्ष २०७६ बिक्रम सम्बत शुरु भएको छ। देशबासीहरुले नयाँ बर्ष धुमधाम सग मनाइरहेका छन् ।त्य्स्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् । ...

आठौँ राष्ट्रिय खेलकुद: फुटबलको उद्घाट्न खेल प्रदेश ६ र प्रदेश ७ बिच हुने

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलका खेल बिहान र साँझमा हुने भएका छन् । तराईमा हुने चर्को गर्मीलाई ध्यानमा राख्दै पुरुष फुटबलका खेलहरु बैशाख ४ गतेबाट ११ गतेसम्म दुई सत्रमा सञ्चालन गर्न लागिएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष फुटबल खेल बिहान साँढे ७ र बेलुकी ४ बजे पछाडी सञ्चालन गरिने जानकारी दिएको छ । पुरुष फुटबलका खेलहरु बुटवल र नेपालगञ्ज रंगशालामा हुनेछ । समुह ए मा नेपाल...

आज चैतेदशै मनाइदै

नेपालगन्ज । आज देशैभरी चैतेदशै मनाइदै छ।हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ । ...

पुरुष हक्कीको बिहीवारको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी

नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीवार भएको   पुरुष हक्की प्रतियोगितामा  तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको हो । सुदूरपश्चिमको तर्फबाट खेलको १७ औँ मिनेटमा जर्सी नंं. १५ का राम परियारले पहिलो गोल गरे । त्सयैसगरि, ४३ औँ मिनेटमा ११ नं. जर्सीका भिमदत्त भट्ट र ५० औँ मिनेटमा २ नं. जर्सीका कान्तुराम पनेरुले एक–एक गोल गरेको मुख्य प्रशिक्षक...

नेपालमा आजदेखि पब्जी खेलमा प्रतिबन्ध लगाइयो

काठमाडौं ।नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । ...

बिप्लब समुहद्वारा बिरोध कार्यक्रम सार्बजनिक,वैशाख ५ गते नेपाल वन्द

नेपालगन्ज  । बिप्लब समुहले बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्ष २०७६ को सुरुवात देखि नै विभिन्न विरोध तथा नेपाल वन्दको कार्यक्रम आह्वान गरेको छ । यसले नयाँ वर्ष २०७६ साल धुमधामले मनाउन तयारीमा रहेका सर्वसाधारण निराश भएका छन् । यसका साथै नयाँ वर्ष २०७६ फेरि अशान्ति र मुठभेड बर्ष बन्ने हो कि भन्ने चिन्ताहरु पैदा भएका छन् । उक्त पार्टीले नयाँ वर्षको सुरुवात...