अज्ञात रोगका कारण हुम्लामा ८ जनाको मृत्यु
प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार ०७:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हुम्ला।अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । ज्वरो आउने छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि मृत्यु हुने गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।
Advertisement
एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएको हो । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् । यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नभएपछि समयमै रोग नियन्त्रण गर्न नसकिएको जैशीले बताए । मृत्यु हुने सबैको श्वासप्रश्वास र दमसम्बन्धि समस्या रहेको उनको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।नयाँपत्रिकाबाट।