कर्णाली प्रदेशमा रहेका समाचारहरु

नेपालीले चिनियाँ महिलाको हत्या गरेपछि तिब्बतबाट चीनले फिर्ता पठायो पाँच सय कामदार

हुम्ला।एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ। हुम्लाबाट तिब्बतको ताक्लाकोट नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो। ‘बैंक जान लागेकी महिलालाई रडले हानेर मारेकाले समातेका हौं। उनलाई थप अनुसन्धानका लागि ल्हासा लैजाँदैछौं भनेका थिए,’ सहायक प्रजिअ पोखरेलले ...

यार्सागुम्बा खोज्न गएकाहरु मध्य तीन जनाको मृत्यु

डोल्पा ।यार्सागुम्बा खोज्न गएकाहरु मध्य तीन जनाको मृत्यु भएको छ। शे फोक्सुण्डो गाउँपालिकामा पर्ने यार्सागुम्बा पाटनमा यार्सा टिप्न गएकाहरुमा जाजरकोटका दुईजनाको  मृत्यु भएको हो । मृत्युहुनेमा बारेकोट गाउँपालिका वडा नं १ का १८ वर्षीय कृष्ण बिक र जाजरकोट जिल्लाकै २२ वर्षीय रमेश चलाउने रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरुको लेक लागेर मृत्यु भएको हो। लेक लागेर बिरामी परेका चलाउनेको बिहीबार प्यारी भोक्पा यार्सागुम्बा पाटनमै मृत्यु भएको र बिकको उपचारको क्रममा...

ईदुल फित्रको दिन जेठ २३मा सार्वजनिक बिदा

नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी  बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...

सात महिने छोरीको हत्या गर्ने आमा पक्राउ

सल्यान । केबल ७ महिनाको छोरीको हत्या गर्ने आमा पक्राउ परेकी छिन् ।  छत्रेश्वरी–६, रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय, लुहामले मङ्गलबार बेलुका ७ महिने छोरी हत्या आरोपमा पक्राउ गरेको हो । सात महिनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ। हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान...

बिप्लबद्वारा सुर्खेतमा बस आगजनी, नवलपुरमा ट्रक र जिपमा पेट्रोल बम प्रहार

सुर्खेत । बिप्लब समुहका कार्यकर्ताहरुले सुर्खेतमा बसमा आगजनी गरेका छन् । बन्दमा गाडी चलाएको भन्दै उनिहरुले आगजनी गरेका थिए।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका...

भोली देशभरका अदालतहरु बन्द हुने

काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए...

मिनीट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

नेपालगन्ज । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ पाँचलामा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखको ठाँटीकाँध जाँदै गरेको ना ८ ख २५८३ नम्बरको मालवाहक मिनीट्रक दुर्घटना भएको हो ।मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक २८ वर्षीय जोरबहादुर थापा, ठाँटीकाँधका मेडिकल सञ्चालक २५ वर्षीय दीपेन्द्र थापा र ठाँटीकाँधमै खुद्रा पसल सञ्चालन गर्दै आएका २७ वर्षीय धर्मबहादुर थापा रहेको ठाँटीकाँध गाउँपालिका–६ का वडा सदस्य रतन तिरुवाले बताउनुभयो । मिनीट्रक खसेको ठाउँ...

हराएको छोरा खोजिदिन आमाबाबुको आग्रह

नेपालगञ्ज।हराएको छोरा खोजिदिन आमाबाबुले सबैलाई आग्रह गरेका छन् ।सुर्खेतका १५ बर्षीय नरेश खत्री हराएको धेरै दिन भइसक्दा पनि नभेटिएपछि आमाबुबाले आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन् । छोरा खोज्दै नेपालगञ्ज आइपुगेका विरन्द्रनगर नगरपालिका वडा नम्बर १२ नेवारे सुर्खेतका यम बहादुर खत्री र गंगा खत्रीले छोराको खोजी गरिदिन आग्रह गरेका हुन् । छोरा बैशाख १७ गते दिउँसो ३ बजेदेखि घरबाटै हराएको आमा गंगाले बताइन । स्थानीय अमरज्योति विद्यालयमा कक्षा ९ मा पढिरहेका...

नेपाल पत्रकार महासंघ आजदेखि शुरु गर्यो आन्दोलन

काठमाडौं ।नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो। महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ। सरकारले प्रेस काउन्सिलको...

आजदेखि देशका धेरै ठाउँमा हुरी बताससहित पानी पर्ने

नेपालगन्ज  । आजदेखि देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म देशभर मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन । देशभर कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । देशभरि बढेको गर्मी केही...