धामी बन्ने पागलपनले गर्दा अढाइ वर्षीय बालकको हत्या
प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार ०८:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जनकपुर । धामी बन्ने पागलपनले एक जना अढाइ वर्षीय बालकको हत्या भएको छ।धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।
Advertisement
महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई चकलेट दिएर घरमा थिए । ‘बालकलाई राति राखेर दूध खुवाई उनले सँगै सुताएछन्’, एसपी खनालले भने, ‘मध्यरातमा तान्त्रिक विधिअनुसार विभिन्न सामग्री चढाई घाँटी रेटी हत्या गरेछन् ।’ महतोले बालकको हत्या गरी शव घरपछाडि बाँसघारीमा फालेका थिए ।
शम्भुले भने, ‘मेरो छोरो घरअगाडि बाख्राको पाठोसँग खेल्दै थियो । शत्रुधन इनारको पानी लिन शम्भुको घरमा आए ।’ गाउँमा नाला बनाउन खाल्टो खन्दा शत्रुधनको धाराको पाइप फुटेको थियो । त्यसैले उनले शम्भुको घरबाट पानी लैजाने गरेका थिए । फर्केर आई आर्यनलाई आफ्नो घरमा लगेका थिए । शत्रुधनले पक्राउ परेपछि बालकको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले महतोलाई मोबाइल लोकेसनका आधारमा घटनाको दुई सातापछि पक्राउ गरेको थियो ।
महतोलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । धनुषा, प्रदेश र संघीय प्रहरीले बालक हत्या घटनामा ६५ जनालाई सोधपुछ गरी अनुसन्धान अगाडि बढाएको छ ।
अन्नपूर्ण पोस्टबाट।