प्रदेश २मा रहेका समाचारहरु
नेपालगन्ज ।सरकारले फागुन १ गतेदेखि एक करोड रुपैयाँसम्मका बिकासे योजनामा (जेसिबी) डोजर चलाएर काम गर्नमा रोक लगाएको छ। जेसिबी प्रयोग गर्दा देशमा युबाबर्गलाइ रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा जेसिबी प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ अन्तर्गत डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि बन्देज लगाएको छ। प्राविधिक रुपमा असम्भव स्थानमा डोजर...
वीरगञ्ज।सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले राससलाई बताउनुभयो । गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ ।रु तीन हजार प्रतिकिलोका दरले तस्करले...
नेपालगन्ज।देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स०घर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक...
नेपालगन्ज।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो ।परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन...
बारा । निजगढमा शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको गाडी दुर्घटनामा एसपीको मृत्यु भएको छ। सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो। गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ सवार गाडी पथलैया निजगढ...
धनुषा, ११ माघ । जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नं को जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका...
नेपालगन्ज,१० माघ । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ । द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने विधेयकमा उल्लेख छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि,’ प्रस्तावित मस्यौदामा भनिएको छ , ‘दफा ३० कसुरमा दोषी...
नेपालगन्ज,७ माघ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी...
काठमाडौं, २ माघ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकको दफा १५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी...
नेपालगन्ज,२८ पुस।हवाई इन्धनको मूल्यको घटेसंगै देशका आन्तरिक हवाई उडानको भाडा घटेको छ। आन्तरिक हवाई उडानका घटेको भाडा भोली आइतबारबाट लागू हुनेछ । नयाँ भाडादर अनुसार सबै भन्दा कम भाडामा काठमाडौं–सिमरा ३ हजार १ सय २० र अत्यधिक बढी भाडा अन्तर्गत काठमाडौं–धनगढीको १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ । नयाँ भाडादर अनुसार काठमाडौंबाट पोखरा ५ हजार ५० ,विराटनगर ७ हजार ५ सय ५०,जनकपुर ४ हजार ३ सय,भैरहवा ६ हजार २ सय, नेपालगञ्ज...