प्रदेश २मा रहेका समाचारहरु

देशैभरीका जनप्रतिनिधीलाई सम्पत्ति विवरण बुझाउन ६० दिनको समय अवधी तोकियो

नेपालगन्ज ।देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई  ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले छिटो साधनद्वारा केन्द्रमा उपलब्ध गराउन पनि केन्द्रले गोरखापत्रमा सूचना निकालेर आग्रह गरेको छ। जिल्ला...

भारतीय बाँधकै कारण नेपाली बस्ती हरेक बर्ष डुबानमा

गजेन्द्र बोहरा।चाहे त्यो बगेर जाने पानी होस् वा ‘डुबाउने’ बाढी।अन्ततः नेपाली ‘पानी’का हरेक मुद्दा भारतसँगै गएर ठोकिन्छ।किनकि भारतीय जलभन्डारको ७० प्रतिशत हिस्सा नेपाली भूभागबाट बगेर जाने पानी हो।भारतमात्रै होइन, यो बितन्डा बंगलादेशसम्मै पुग्छ। किनकि भारत हुँदै बंगलादेश पुग्ने ब्रह्मपुत्र नदीको पानी नेपाली जमीनबाट बगेर गएको हो। जब वर्खायाममा नेपालका खोला नदी उर्लन थाल्छन्, यो मुद्दा अझै पेचिलो बनेर आउँछ। किनकि नेपालका ठूला जलाधार(नदी)हरूमा भारतनियन्त्रित ‘बाँध’हरू छन्।भारतले नेपाली भूमिमा बनाएका त्यस्ता...

देशभर बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ७८ पुग्यो

नेपालगन्ज ।देशभर अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।मङ्गलबार सम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्।तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ। ...

अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी स्वीकार हुँदैन: मन्त्री बास्कोटा

काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ।  ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या देेशभर ६५ पुग्यो

काठमाडौं ।देशैभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या बढदै गएको छ।बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या देेशभर ६५ पुगेको छ । आज बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् ।१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना वेपत्ता छन् । ३८ जना घाइते छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार...

कुवेतमा तीन जना नेपालीको आगलागीमा मृत्यु

कुवेत । आगलागी हुँदा तीन जना नेपालीहरुको मृत्यु भएको  छ। कुवेतको एक अपार्टमेन्टमा आगो लाग्दा मृत्यु हुनेहरुमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला अप्सरा कामी र गौरी दर्जी रहेका छन्। कामी र दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले...

देशैभर बाढी-पहिरोले ५० जनाको ज्यान गयो

काठमाडौं । देशैभरी बाढी,पहिरो र डुबानले ५० जनाको ज्यान गएको छ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ बिहानसम्मको  २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार ११०४ जनाको उद्धार गरिएको छ।प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं  ३...

देशभर बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुग्यो

नेपालगन्ज ।अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै उनले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको बताए । प्रहरीका अनुसार ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा...

बाढि आउने स्थानका बासिन्दाहरुका लागी “जनहितमा जारी” सन्देश

बाढि आउन सक्ने स्थानका बासिन्दाका लागी अति जरुरी सन्देश….. सबैभन्दा पहिला सुरक्षा फौजलाई खबर गर्नुहोस। सुरक्षाकर्मीहरु तपाइको मदतको लागी खटिएका छन् । १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध...

अबिरल बर्षाले रौतहटमा ४ सय ३२ घर डुवानमा

रौतहट । लगातारको वर्षाका कारण रौतहट जिल्लमा १५ फिटसम्म पानी जमेको छ। जिल्ला सदरमुकाम गौरको बोडरमा १५ फिटसम्म पानी जमेको हो । लगातारको बर्षाले रौतहटको सदरमुकाम गौर लगायत सबै स्थानीय तहको जनजीवन भयाबह बनेको छ । रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटदा सदरमुकाम गौर पुरै डुवानमा परेको छ । डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने...