प्रदेश २मा रहेका समाचारहरु
काठमाडौं । मंसिरभित्र नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...
जनकपुरधाम । आफ्ना छोराछोरी गलत काममा नफसुन् र गलत काम नसिकुन् भन्ने मनसाय अभिभावकको हुन्छ । तर, नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाका एक अभिभावकले आफ्ना दुई छोरालाई रक्सी तस्करीमा लगाएको खुल्न आएको छ । भारतको बिहार राज्यमा रक्सी बिक्रीवितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्तव्य बनाएका छन् । यो सँगसँगै बिहारका कतिपय बासिन्दा नेपालबाट रक्सी तस्करी गर्ने काममा लागेका छन् । बिहार राज्यअन्तर्गत...
काठमाडौं ।एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट काठको बाकसमा फर्किएका छन् ।गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका झलक श्रेष्ठले...
जनकपुर।धनुषाको हँसपुर नगरपालिकाको मेयर रउपमेयरबीच विवादले सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हँसपुरका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच विवाद बढ्दै जाँदा अहिले उनीहरूले कार्यालय नै बेग्लाबेग्लै सञ्चालन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्। उपप्रमुख झासँग विवाद भएपछि प्रमुख मण्डलले नगरपालिकाको कार्यालय हँसपुरको बेल्ही चोकमा कार्यालय स्थापना गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आएकी छिन्। उनको घर समेत बघचौडामै छ। कार्यालय बेल्ही चोकमा लगिए पनि त्यहाँ नगरपालिकाको...
काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...
काठमाडौं । नेपाली कांग्रेस पार्टीले गत निर्वाचनमा पार्टी बिपरित कार्य तथा बागी बनेका उम्मेदवारहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउदै निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा २३ जना छन् । रौतहटका दुई , दैलेखका एक जना र सोलुखुम्बुका २० रहेका छन् ।स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय...
रौतहट । नेपाल बिद्यार्थी संघले चिकित्सकसहितको टोलि लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकसहित नेविसंघले बाढी प्रभावितको निस्शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणमा सहयोग गरेको हो। रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर डुबान भएको बस्तीमा सोमबार निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघ नेता दीपक भट्टराईले बताए। बीपी स्मृति दिवसको अवसरमा नेविसंघले आयोजना गरेको शिविरमा पाँच सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।दुषित...
काठमाडौं । नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर...
सर्लाही । एक जना इञ्जिनियर ५० हजार घूस रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो। विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ५० हजार...
नेपालगन्ज ।देशभर आएको अविरल वर्षापछि बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। आज बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्। तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ। पीडितहरुलाई राहत वितरण कार्य जारी भएपनि उचित राहत नपाएको पीडितले गुनासो गर्दै आएका छन् । ...