अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी स्वीकार हुँदैन: मन्त्री बास्कोटा
प्रकाशित मिति : २०७६, ३० असार सोमबार १७:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ। ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए।
Advertisement
आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए।
उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाको आपत्ति छ।