प्रदेश ३मा रहेका समाचारहरु

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पुर्व नायब सुब्बाद्वारा आत्महत्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पुर्व नायब सुब्बाले आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनी मालपोत कार्यालयबाट २०६० सालमा रिटायर्ड भएका पूर्वनायब सुब्बा हुन्। उनको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। ‘उनले किन आत्महत्या...

निर्मला पन्त घटनाका दोषीलाई कारबाही नभएको भन्दै नेविसंघले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एक बर्षसम्म घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध  विरोध प्रर्दशन गरेको हो। नेविसंघ छात्रा समुहको आयोजनामा  रत्न राज्यलक्ष्मी क्याम्पस अगाडीको बिरोध प्रर्दशन गरिएको हो। विद्यार्थी नेता पुनम लामाको संयोजकत्वमा भएको कार्यक्रममा निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै न्याय कता छ भन्दै  विद्याथीहरुले नाराबाजी र बिरोध प्रर्दशन गरेका थिए । बिरोध...

निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले गर्यो राजधानीमा प्रदर्शन

कञ्चनपुर। निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ।निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ?’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।नेविसंघ कार्यकर्ताहरूले गृहमन्त्रीवरुद्ध समेत नाराबाजी गरेका थिए। निर्मलाका हत्यारा पत्ता लगाउन असमक्षम भएकाले गृहमन्त्रीले नैतिकताका...

उपनिर्बाचनका लागि देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले  २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...

बाढीले एक भारतीय गाडीलाई बगायो

चितवन । एक भारतीय गाडीलाई खोलाले बगाएको छ।हेटौँडामा बाढी आएको कर्राखोला तर्दै गर्दा उक्त गाडी बगेको हो।  शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। ...

अख्तियारले मलाई बोलाएको छैन् : कांग्रेस उपसभापति- गच्छदार

काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति  विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा आफूलाई बयानका लागि नडाकेकको बताएका छन्। उनले आफू आँखाको उपचारका लागि विदेश गएको तर भागेको भनेर प्रचार गरिएकोमा आपत्ती जनाएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै गच्छदारले बालुवाटारमा प्रधानमन्त्री निवास विस्तार गर्ने प्रस्ताव आफूले भौतिक योजना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा लगेको बताएका छन्। तर उनले सबै काम नियम पुर्‍याएर भएको दावी समेत गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...

दुई किलो सुन सहित १७ वर्षीय युवक पक्राउ

काठमाडौं । दुई किलो सुन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रोबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।उनलाई  लुकाईछिपाई ल्याएको करिब २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार बिशेष सुचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रु बाहक बसमा गोप्य सूचनाको आधारमा चेक...

मन्त्री महासेठको कर्मचारी सरुवा गर्ने मन्त्रीमा कीर्तिमान कायम

काठमाडौं । मन्त्री रघुवीर महासेठ कर्मचारीहरुको सरुवा गर्ने मन्त्रीमा कीर्तिमान कायम गरेका छन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्। सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र कार्कीलाई हटाएर २०७४ चैतमा...

नेपालमा फेरि केही दिन भारी वर्षा हुने

काठमाडौं । नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर...

विप्लप ‘नेकपाका’केन्द्रिय सदस्य एबम काठमाडौं उपत्यका इन्चार्ज माईला लामा पक्राउ

काठमाडौं ।विप्लप नेकपाका केन्द्रिय सदस्य एबम काठमाडौं उपत्यका  इन्चार्ज माईला लामा पक्राउ परेेेका छन् । उनलाई नेपाल प्रहरीले शनिबार मध्यराती विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको हो।उनीसँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्।काठमाण्डौँ लगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दावी छ।राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो। ...