निर्मला पन्त घटनाका दोषीलाई कारबाही नभएको भन्दै नेविसंघले माग्यो गृहमन्त्रीको राजिनामा
प्रकाशित मिति : २०७६, ११ श्रावण शनिबार १७:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एक बर्षसम्म घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध विरोध प्रर्दशन गरेको हो।
Advertisement
नेविसंघ छात्रा समुहको आयोजनामा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडीको बिरोध प्रर्दशन गरिएको हो। विद्यार्थी नेता पुनम लामाको संयोजकत्वमा भएको कार्यक्रममा निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै न्याय कता छ भन्दै विद्याथीहरुले नाराबाजी र बिरोध प्रर्दशन गरेका थिए ।
बिरोध प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुत्ला समेत दहन गरिएको थियो। बर्षदिनसम्म पनि घटना रहस्यमै रहेको र घटनाको छानविनका लागि गठन भएका समितिको उपलब्धी पनि सुन्य भएको भन्दै आक्रोसित बनेका विद्यार्थीहरुले गृहमन्त्री राम बहादुर थापाको राजिनामा समेत माग गरेका छन् ।नेबिसंघले निर्मलाको सम्झनामा द्धिप प्रज्वलन पनि गरेका थिए ।
विरोध सभामा विद्यार्थी नेताहरु शिव रिमाल, नवीन राई, सुशील तिमल्सेना, रन्जिता कार्की, भुवन भट्ट, स्यामचन्द्र पोख्रेल, राजिब लामिछाने, सन्जिब ढकाल, पुस्कर बास्तोल, अशोक बिष्ट, शुनिल शर्मा, नविन खड्का, राधा ढुंगाना, मेनुका पोख्रेल, सुशील कार्की, पुनम भट्टल,एलिजा ढकाल लगायत सयौं विद्यार्थी हरुको सहभागीता रहेको थियो।