प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना प्रहरीलाई घुस लिदै गर्दा रङ्गेेहात पक्राउ गरेको छ।टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको हो । अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । अख्तियारको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनका...
ललितपुर । कारागारमा लडाइँ हुँदा एक जना कैदीको मृत्यु भएको छ।ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबिच लडाइँ हुँदाबीच एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी रहेका छन् ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । कारागार प्रशासनका अनुसार राजीलाई कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए ।लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो...
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो । बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन र अनुसन्धान गरिरहेका छन् । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार...
काठमाडौं । उपनिर्वाचन आगामी मंसिरमै गर्ने कुराको सुझाब दिइएको छ।राजनीतिक दलहरूले विभिन्न कारणले जनप्रतिनिधिविहीन भएका स्थानमा आगामी मंसिरमा उपचुनाव गर्नुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएका छन् । उपनिर्वाचनबारे छलफल गर्न बिहीबार आयोग कार्यालयमा आयोजित सर्वदलीय बैठकका सहभागीहरूले रिक्त रहेका ४७ वटै स्थानमा एकैचोटी उपनिर्वाचन गर्न सुझाव दिएका हुन् ।बैठकमा सहभागी दलका प्रतिनिधिहरूले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरे । थोरै स्थानमा उपनिर्वाचन गर्दा भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सहज...
काठमाडौं ।निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा होमिदै छ।रिक्त रहेका स्थानहरूमा उपचुनावको तयारी सुरू गरेको छ।प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली रहेका ४७ वटा स्थानका लागि आउँदो मंसिरभित्रै उपचुनाव गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका तीन ठाउँ रिक्त छ। यस्तै स्थानीय तहका चार जना प्रमुख र एक उपप्रमुखका लागि उपचुनाव गर्नुपर्नेछ। अहिले देशभरीका ३८ वटा वडा अध्यक्षविहीन छन्। ...
काठमाडौं । योगेश भट्टराई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।उनले नेपाल कम्युनिष्ट पार्टीका तर्फ बाट सांसद जितेका हुुुन् ।उनले आज ४ बजे सपथ लिनेछन्।तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए।पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।...
नुवाकोट ।नुवाकोटको एक वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म...
काठमाडौं । ११ जिल्लाका सिडिओहरुको सरुवा भएको छ। गृहमन्त्रालयले ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको हो ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।यसैगरी दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ । कृष्णप्रसाद पन्थ प्युठान, कृष्णचन्द्र पौडेल कालिकोट, पुष्पराज पौडेल मनाङ र...
काठमाडौं ।एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट काठको बाकसमा फर्किएका छन् ।गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका झलक श्रेष्ठले...
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एकैदिनमा एमआरआई मेसिन बिग्रेको देख्दा आफै अचम्मित परेका छन् ।एमआराई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द...