प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । ट्राफिक प्रहरी जवानले नेपाल सरकारका सह सचिबको सरकारी गाडीमा लक लगाएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन् । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताए । प्रहरीका अनुसार पार्किङ...
काठमान्डौं । बिप्लब समुहका सर्लाही जिल्ला कमान्डर प्रहरीबाट मारिएको भन्ने कुरा नेकपाका सांसदले नै बिश्वास गरेका छैनन् । प्रहरीको गोली बाट मारिएका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे गृहमन्त्री रामबहादुर थापाले दिएको बयानलाई नेकपाकै सांसदले पत्याएनन् । गृहमन्त्री थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पौडेलको हत्या प्रहरीसंगको मुठभेडमा भएको जानकारी गराएका थिए । तर गृहमन्त्री थापाको जवाफमा पूर्वमन्त्री रहिसकेका नेकपाकै सांसदले भने त्यो विश्वास गरेनन्। नेकपाकी सांसद रेखा शर्माले ‘संकटकालका बेला...
काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ। निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन्। पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ । ‘उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने...
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद रेशम चौधरीलाई उपचारका क्रममा बीर अस्पतालको शैयामा पनि साङ्लो (नेल)ले बाँधिएको घटनामा चासो दिएका छन्। प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आज विहान टेलिफोन गरी चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न र उनको गोडामा लगाइएको साङ्लो हटाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार चौधरीलाई नेल लगाएर उपचार गरेको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो। ‘प्रधानमन्त्रीले विहान मुख्यसचिवलाई फोन गरेर चौधरीलाई...
चितवन । चितवनमा दुईवटा बस ठोक्किँएका छन् ।नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई बस ठोक्किँदा २० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । ...
काठमाडौं । रेशम चौधरीलाई खुट्टामा लगाइएको नेल प्रती पुर्ब प्रधानमन्त्रीले आपत्ति जनाएका छन् ।टीकापुर हत्याकाण्ड गराएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना...
धादिङ : धादिङमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको हो ।गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा ८ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ । जिप माथिल्लो सडकबाट पल्टेर तल्लो...
रसुवा ।निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । भित्रका मजदुर र बाहिर उद्धारकर्मीबीच रेडियो सेटबाट संवाद भइरहेको छ । सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको र आफूहरू सुरक्षित रहेको जानकारी उनीहरूले दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । नेपाल–चीन सीमा...
काठमाडौं ।नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरूको योजना छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । नेकपा नेतृत्वको सरकारले आउँदो चार वर्षसम्म संविधान संशोधन नगर्ने समाजवादीको बुझाइ छ । संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरने गरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले बताए । ‘हामीले...