प्रदेश ३मा रहेका समाचारहरु
नेपालगन्ज ।एसईईको नतिजा असारको दोश्रो साता आउने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अनुुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को कारणले प्रकाशनमा केही दिन ढिलाइ हुन भएको छ ।प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।बोर्डका परीक्षा उपनियन्त्रकका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ...
नागढुङ्गा ( काठमाडौं )।नेपालगन्जका ४ जना युबकलाई लागू औषधसहित प्रहरीले नागढुङ्गाबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ। राजधानीको प्रवेशद्वार थानकोटमा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा ठूलो परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रु बाहक बसबाट विहारका १९ वर्षीय महम्मद...
चितवन । पूर्व शिक्षा मन्त्रीको निधन भएको छ।पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्याइयो । तर, त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो। माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका...
काठमाडौं । नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ। चुुनाबमा पराजित भएको नेपाली कांग्रेस अहिले आफ्न्नो रफ्तारमा चलेको छ।नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा...
‘वीर विक्रम-२’ भन्ने नेपाली फिल्मको व्यंग्यात्मक भिडियो समीक्षा गरेका प्रनेश गौतमलाई प्रहरीले हिरासतमा लिएपछि यो विषय चर्चामा छ। सामाजिक सञ्जालमा राख्न बनाइएको व्यंग्यात्मक ‘ट्रोल’ मा गौतमले फिल्मका राम्रा/नराम्रा पक्ष केलाउँदै नहेर्न सुझाएका छन्। यहीँ झोँकमा निर्देशक मिलन चाम्लिङले गौतमविरूद्ध जेठ १० मा जाहेरी दिए। त्यसपछि प्रहरीले जिल्ला अदालतको आदेशमा पाँच दिनअघि गौतमलाई पक्राउ गरेको हो। अदालतले थप दुई दिन हिरासतमा राख्न बुधबार आदेश दिएको छ। उनले ‘मीम नेपाल’ नामक हास्य व्यंग्यात्मक सामग्री प्रसाण गर्ने...
काठमाडौं । लोकसेवा आयोगले खुुलाएको बिज्ञापन सम्बन्धमा सर्बोच्च अदलातले चासो देखाएको छ।लोकसेवा आयोगले कर्मचारीका लागि खुलाएको विज्ञापन रद्द गर्नु नपर्ने कारण भए लिखित रूपमा दिन सरकारलाई आदेश गरेको छ। आयोगले खुलाएको विज्ञापन समावेशीताको मर्म विपरित भएकाले रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुरले सोमबार रिट दिएका थिए। उनको रिटमा बुधबार न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले सरकारका नाममा कारण देखाउ आदेश गरेको हो। यो विषयमा दुवै पक्षको छलफलपछि अन्तरिम आदेश हुने कि नहुने भन्ने...
काठमाडौं ।स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार मध्यान्ह सम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएका छन्। ‘अनलाइनबाट आवेदन दिनेको संख्या बढ्दो छ,’ पोखरेलले भने।आवेदन दिने म्याद अझै...
काठमाडौं । एक जना हत्यारा १९ बर्ष पछि पक्राउ परेका छन् ।भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न पर्साको सुवर्णपुरका रमन अधिकारीलाई १९ वर्षपछि प्रहरीले आइतबार रुपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियाबाट प्रकाउ गरेको हो । पक्राउ परेका अधिकारी घरेलु कामदारका रुपमा बिजयश्वरीकै घरमा थिए । बिजयश्वरीका श्रीमान तुल्सीभक्त प्रजापतिले पर्सामा डीएफओ हुँदा अधिकारी करार कर्मचारी थिए । तुल्सीभक्त सरुवा भएर मध्यामाञ्चल क्षेत्रीय वन कार्यालय हेटौंडामा...
काठमाडौं: संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्त नअपनाइएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय तहका लागि कर्मचारी माग गर्दै आह्वान भएको विज्ञापन तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल शुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...