नेपालगन्जका चार जना युवक नागढुङ्गामा ठुलो परिमाणमा लागू औषधसहित पक्राउ
प्रकाशित मिति : २०७६, १ असार आईतवार १८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नागढुङ्गा ( काठमाडौं )।नेपालगन्जका ४ जना युबकलाई लागू औषधसहित प्रहरीले नागढुङ्गाबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ। राजधानीको प्रवेशद्वार थानकोटमा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा ठूलो परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरिएको हो।
Advertisement
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रु बाहक बसबाट विहारका १९ वर्षीय महम्मद सविर पक्राउ परेको जानकारी दिए। थापाका अनुसार सविरको साथबाट लागु औषध डाईजेल्याब १००, फेनारगन १००, नुफिन १०० एम्पल फेला परेको छ। त्यस्तै सोही बसमा यात्रा गरी आएका सिन्धुपाल्चोक चौताराका ३४ वर्षीय विदुर थापाको साथबाट डाईजेपाम ५०, फेनारगन ५०, नुफिन ५० एम्पल र नाईट्राभेट १८० ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ।
नेपालगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बसबाट नेपालगन्ज घर भएका १९ वर्षीय रविन थापा र २० वर्षीय विबेक बस्नेतलाई ३२.६५ ग्राम लागु औषध खैरो हेरोईन सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
‘सोही घटनामा अनुसन्धान गर्दै जाँदा नेपालगंजकै २३ वर्षीय शशांक मल्ल र २२ वर्षीय विशाल रन्जित समेतलाई पक्राउ गरिएको छ’ थानकोटका प्रहरी प्रमुख थापाले बताए। पक्राउ परेका विरूद्ध लागु औषध ऐन अन्तर्गत म्याद थप गरी मुद्दा चलाईने प्रहरीले जनाएको छ।