प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं ।आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५ एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो। जहाज सबै तयारी पूरा गरी ट्याक्सी वेमा पुग्यो। तर अचानाक रोकियो। ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्तण कक्षमा सूचना आयो आइआरएस९इन्टर्नल रिफ्रेन्स सिस्टम० अन नभएकाले केही समय लाग्ने। ‘त्यसपछि हामी त छक्क प¥यौ, उडानभन्दा ठिक अघि विभिन्न प्राविधिक तथा प्रणालीगत परीक्षण अनिवार्य हुन्छ जुन आज भएन’ विमानस्थल कार्यालय स्रोतले भन्यो। यो सिस्टम...
चितवनमा आमा र छोराछोरीले झुन्डिएर आत्महत्या गरेको केही महिना पछि फेरि आमा छोरीले झुन्डिएर आत्महत्या गरेका छन। ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका हुन् । केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।महानगरीय प्रहरी वृत्त, चापागाउँले घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताएको छ। ...
काठमाडौं ।नेपाली कांग्रेसका सांसदहरुले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् । शून्य समयमा बोल्दै यादवले भनिन्, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेको...
हतियारसहित एक जना गुण्डा नाइके पक्राउ परेका छन।गुण्डागर्दीमा संलग्न गुण्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । धादिङको गजुरीबाट बुधबार साँझ भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयबासीलाई हतियार देखाउँदै धक्कयाएको सूचनाको आधारमा प्रहरीले भण्डारीलाई पक्राउ हो । पक्राउ गर्दा प्रहरीसँग सामान्य झडप भएको र प्रहरीको गाडीमा क्षति भएको बताइएको छ। प्रहरी खाजिको सूचीमा रहेको भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको धादिङ जिल्ला उपाध्यक्षसमेत रहेका छन्...
काठमाडौं । २६ जना प्रजिअको सरुवा भएको छ।गृह मन्त्रायलयले २६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। गृहले निकालेको सरुवा सूचीअनुसार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ। कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ। गोरखामा कार्यरत गजेन्द्रबहादुर श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत, नुवाकोटमा द्रोण पोखरेल सरुवा भएका छन्। नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल,...
काठमाडौं । ज्योतिष बताउदै हिड्ने एक जना पक्राउ परेका छन् ।आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए । ...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा त्रुटि भएको भेटिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले उक्त त्रुटिबारे जानकारी गराउँदै अर्थमन्त्रीको जवाफ माग गरेका थिए । ‘सरकारले बजेटको अनुसूची १ मा आर्थिक वर्ष ७५÷७६ को संशोधित अनुमान पेश गरेको छ । त्यसमा त्रुटि छ । त्यो त्रुटिको गम्भीर प्रभाव रहन्छ । अर्थमन्त्रीले जवाफ नदिइकन बजेटका बारेमा...
काठमाडौं । कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । कांग्रेसले सांसदलाई ६ करोड दिन नहुने प्रतिक्रिया दिएको छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘छाया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालल स्थानिय जनप्रतिनिधि आइसकेको अवस्थामा अव भने सासंदलाई बजेट दिन नहुने छाँया मन्त्री रिजालले बताउनुभयो । विप्रेषणको...
चितवन ।सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ । ‘धुर्मुस–सुन्तली’का कारण बाटोमा पर्ने ५०–६० घरलाई भत्काएर सडक बनाउने तयारी गरेपछि आक्रोशित बनेका स्थानीयले बार भत्काएर विरोध जनाएका हुन् । सीताराम कट्टेल...
काठमाडौं । सार्वजनिक खरिद नियमावली संशोधनबिरुद्ध आन्दोलित भएका निर्माण व्यवसायीहरुले सबै सरकारी बोलपत्र बहिष्कार गर्ने घोषणा गरेका छन् । निर्माण व्यवसायी महासंघको कार्यसमिति बैठकले सरकारी बोलपत्रमा ठेक्का आवेदन नगर्ने र सबै निर्माण व्यवसायीको इजाजत पत्र सरकारलाई बुझाउने निर्णय गरेको हो । महासंघमा आबद्ध निर्माण व्यवसायीले सरकारले आह्वान गरेको कुनै पनि बोलपत्रमा आवेदन नगर्ने महासघंका अध्यक्ष रबी सिंहले जानकारी दिनुभयो । देशभर सक्रिय रुपमा निर्माण व्यवसायमा संलग्न करिब २ हजार व्यवसायीको इजाजत...