सुरक्षालाई दृष्टिगत गरी महरालाई प्रहरीकै खाना
प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार १३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई बाहिरको खाना खान दिइएको छैन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरक्षालाई दृष्टिगत गरी बाहिरको खाना नदिइएको बुझिएको छ ।
Advertisement
महरालाई उनको परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको छ । सुरक्षा र अनुसन्धान प्रभावित हुनसक्ने भन्दै परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
महराको स्वास्थ्यमा समस्या आएको छ । उनको प्रहरी अस्पतालका डाक्टरहरुले चेकजाँच गरेका छन् । उनको रक्तचाप बढेको र स्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।
संसद सचिवालयकी कर्मचरी रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएर किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई १९ असोजमा नियन्त्रणमा लिएको हो । उनलाई सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिइएको थियो ।