प्रदेश ३मा रहेका समाचारहरु

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

काठमाडौं । प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरि हिरासतमा राखेको छ।पर्यटन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी...

नेपाली कांग्रेसद्वारा बाँके घटनालाई लिएर सदन अबरूद्ध

काठमाडौं ।  नेपाली कांग्रेसले सदन अबरूद्ध गरेको छ।राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै  ३० मिनेट सदन अबरूद्ध गरेको हो।घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएका थिए। ...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

राप्रपा अध्यक्ष थापाद्वारा बाँके कांग्रेस सभापतिमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपाका कार्यकर्ताद्वारा नेपाली कांग्रेसका पार्टी सभापतिसहित कार्यकर्ता माथी भएको आक्रमण भएको प्रती घोर भर्त्सना प्रकट गर्नु भएको छ। साथै नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नु भएको छ।शुक्रबार आफ्नो ट्विटर र फेसबुकमा  अध्यक्ष थापाले बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि बिहीवार भएको आक्रमणको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका हुन। बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित जागरण...

कांग्रेसका सांसदले मागे स्वास्थ्य मन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ रु अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग...

चितवनमा मेडिकल कलेजमा झडप, १५ जना पक्राउ

चितवन । चितवनमा प्रहरी र मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी बिचच झडप भएको छ।भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्‍याएको थियो ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

काठमाडौं ।सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।सोमबार रत्नपार्क(भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्।यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन् ।घटना बारे अनुसन्धान भइरहेको सिंहले बताइन् ।सेेेेतोपाटीबाट। ...

लागूऔषधसहित एकजना पक्राउ

नेपालगन्ज  । लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नियमित चेक जाँच का क्रममा काँकरभिट्टाबाट काठमाडौं जादै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट आज इलामका कञ्चन प्रधान   पक्राउ परेेेका हुन् । उनको साथबाट प्रहरीले ४७.७ ग्राम ब्राउन सुगर बरामद भएको हो। प्रधानलाई नागढुङ्गा चेक पोइन्टबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।पक्राउ परेका प्रधानलाई हिरासतमा लिई आबश्यक अनुसन्धान भइरहेको छ।     ...