प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा होमबहादुर गुरूङ रहेका छन् । आज केही बेर अघि हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। प्रहरीले पक्राउ परेका गुरूङलाई सुनबारे सोधपुछ गरिरहेको छ। ...
काठमाडौं । डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ।आँखाका वरिष्ठ डाक्टर रुइतलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ।उनी ३ दिनदेखि अस्पतालमा छन्। उनीसँगै उनका परिवारका अन्य ३ जनालाई पनि डेंगी संक्रमण भएको छ।तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन्। सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्। उनको अहिले नर्भिकमा उपचार...
काठमाडौं । अचम्मको कुरा बाहिर सार्बजनिक भएको छ। प्रहरीले मात्रै राख्ने पेस्तोल लुटेरा समूहबाट प्रहरीले बरामद भएको छ ।शनिबार पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद गरेको थियो ।उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए ।द्वन्द्वकालमा माओवादीले लुटेको पेस्तोल लुटेरा समूहसँग पुगेको हुन सक्ने प्रहरीको अनुमान...
नेपालगञ्ज । सर्वोच्च अदालतले त्रिभुवन विश्व विद्यालय अन्तर्गत्को चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को प्रबेश परिक्षा रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएपछि परिक्षा स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले परिक्षा रोक्न अन्तरिम आदेश दिएपछि त्रिभुवन विश्व विद्यालयले पूर्व निर्धारित भदौ २४ गतेसम्मका सबै परिक्षा स्थगित गरेको जनाएको छ । चिकित्सा शिक्षा ऐन विपरित गैरकानुनी रुपमा एमबिबिएस प्रवेश परिक्षा लिन लागिएको भन्दै रिट परेपछि सर्वोच्चले शुक्रबार प्रबेश...
काठमाडौं । पेस्तोलसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन् । माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेकाहरुलाई शनिबार अपरान्ह ४ बजे प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन।‘पेस्तोलसहित पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान गर्दैछौं,’ बोगटीले भने।प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता भएका छन। उनी थाई एअरवेजको जहाजबाट आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत पुगेेका थिए। उनि १४ दिनसम्म सिंगापुरमा उपचार गराउदै आज फर्किएका हुन् । तस्बिर : फेेसबुकबाट। ...
काठमाडौँ ।राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । मन्त्री खनाल डेंगु ज्वरोले थलिएपछि बुधबार...
काठमाडौं । लुक्लाबाट उडेको सिता एयरको जहाज उडानकै क्रममा एउटा इन्जिन बिग्रेपछि काठमाडौंमा सकुशल अवतरण गरेको छ।जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्।लुक्लाबाट आएको सीताको नाइनएन(एजेएचु )नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी...
रसुवा। एक कन्टेनर चालकलाई प्रहरीले निर्घात कुटपिट गरेको विषयले निकै चर्चा पाएको छ।नेपाल चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन् । टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।भिडियोमा दुई प्रहरीले अश्लील...
काठमाडौं ।निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले...