दशैैंको दिन दाङमा दुर्घटनामा परि १७ घाईते
प्रकाशित मिति : २०७६, २२ आश्विन बुधबार ०९:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर(दाङ ) । दशैैंको दिनमा दाङमा विभिन्न दुर्घटनामा परि १७ जना घाईते भएका छन् । दुर्घटनाका घाईते मध्य सात जनाको गम्भीर अवस्थाका घाइतेहरुको उपचार बाँके, बुटवल र काठमान्डौंका विभिन्न अस्पतलाहरुमा भइरहेको छ । दशैंको दिन बढी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । दुर्घटनाको प्रमुख कारण भने तीव्र गति र ओभरट्याक गर्ने क्रममा भएको पाइएको छ ।दुई अटो आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते
तुलसीपुरमा दुई अटो एक आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं। १ भमके भन्ने स्थानमा रा १ ह २२४६ नम्वरको अटो रिक्सा र रा १ ह २२९३ नम्वरको अटो एक आपसामा ठोक्किदा स्थानीय ९ बर्षीय सुरज लंक मगर गम्भीर घाईते भएका छन् ।
Advertisement
मगरको तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । मगर रा १ ह २२४६ नम्वरको अटोमा सवार थिए । दुर्घटना मंगलवार बेलुका सवा ४ बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।
भारतीय नम्वर प्लेटको कारले ठक्करबाट एक महिला गम्भीर घाईते
भारतीय नम्वर प्लेटको कारले पैदल यात्रुलाई ठक्कर दिदा मंगलवार दिउँसो दाङमा एक महिला गम्भीर घाइते भएकी छन् । यूपी ४७ क्यू ८५९७ नम्वरको कारले राप्ती गाउँपालिका वडा नं ५ जंग्रहवामा स्थानीय ३० बर्षीया कमर जहामियालाई ठक्कर दिदा गम्भीर घाइते भएकी छन् । घाइतेको लमही अस्पतालमा उपचार पछि मंगलवार नै थप उपचारको लागि काठमान्डौं रेफर गरिएको प्रहरीले बताएको छ ।
कार र मोटरसाईकल आपसमा ठोक्किदा २ जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको राप्ती गाउँपालिका वडा नं ८ विजौरीमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको बा ११ च २८११ नम्वरको कारले पश्चिम वाट पूर्वतर्फ जाँदै गरेको लु २२ प २९६० नम्वरको मोटरसाईकललाई मंगलवार बेलुका साढे ६ बजेतिर ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । कार चालकपनि घाइते भएका छन् ।
मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नं १ कटेसना निवासी २८ बर्षीय बाबुराम कुमाललाई स्थानीय अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ । कारका चालक राप्ती गाउँपालिका वडा नं। ३ निवासी ३४ बर्षीय लक्ष्मण चौधरीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुई मोटरसाईकल आपसमा ठोक्किदा ३ जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं ७ बनघुस्रीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना गम्भीर घाइते भएका छन् ।घाईतेहरु मध्य रा ५ प ४५०४ नम्वरको मोटरसाईकलका चालक लमही नगरपालिका वडा नं१ सुनडवरी निवासी २७ बर्षीय महेशबहादुर क्षेत्री गम्भीर घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार पछि थप उपचार गर्न बाँकेको नेपालगञ्जस्थित नरसिंह होममा पठाइएको छ ।
त्यस्तै रा ५ प ४५६८ नम्वरको मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं। १६ सर्रा निवासी ३४ बर्षीय गुरीलाल चौधरी र मोटरसाईकलको पछाडि सवार लमही नगरपालिका वडा नं। ७ बनघुस्री निवासी ३४ बर्षीय कृष्ण चौधरी घाईते भएका छन् । उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ ।
मंगलवार बेलुका साढे ४ बजेतिर पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ४५०४ नम्वरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा रा ५ प ४५६८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनामा परि तीन जना घाइते भएको प्रहरीले बताएको छ ।
ट्रयाक्टर दुर्घटनामा परि १० जना घाइते
पूजा पछि दुर्गा मुर्ती राप्ती नदीमा विर्सजन गरि फर्कने क्रममा भएको ट्रयाक्टर दुर्घटनामा परि दश जना घाइते भएका छन् । जिल्लाको गढवा गाउँपालिका वडा नं ५ बोधिपुरस्थित लमही–गढवा सडक खण्डमा रा १ त ३२११ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार दश जना घाइते भएका छन् ।
दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं ६ निवासी ५५ बर्षीया अनारकली यादव, ३५ बर्षीया टिकाराम यादव, १४ बर्षीया युवराज यादव, २५ बर्षीय राकेश यादव गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।
मंगलवार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेहरुमा गढवा गाउँपालिका वडा नं। ६ निवासी ८ बर्षीया अनुसा यादव, ११ बर्षीय प्रमेश यादव, १८ बर्षी रविन्द्रकुमार यादव, ७ बर्षीय जपसन यादव, १५ बर्षीय महेश यादव र ११ बर्षीया अप्सन यादव घाइते भएका छन्। घाइते मध्य अनुसा, प्रमेश र अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
ट्रयाक्टरका चालक दुर्घटना लगतै फरार रहेको तथा उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्लालय गढवाले अरु ट्रयाक्टरलाई ओभर ट्याक् गर्ने क्रममा ट्रयाक्टर दुर्घटना परेको जानकारी दिएको छ । दुर्गाको मुर्ती र पूजा सामाग्री राप्ती नदीमा सेलाउन लक्सरै ४/५ वटा ट्रयाक्टर गएको र फर्कने क्रममा रा १ त ३२११ नम्वरको ट्रयाक्टरले अन्य ट्रयाक्टरलाई ओभरट्याक गर्ने क्रममा सडकको व्लकमा परेपछि ट्रली मात्रै पल्टिदा उक्त दुर्घटना भएको ईप्रका गढवाले जानकारी दिएको छ ।