सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज ।देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले छिटो साधनद्वारा केन्द्रमा उपलब्ध गराउन पनि केन्द्रले गोरखापत्रमा सूचना निकालेर आग्रह गरेको छ। जिल्ला...
गजेन्द्र बोहरा।चाहे त्यो बगेर जाने पानी होस् वा ‘डुबाउने’ बाढी।अन्ततः नेपाली ‘पानी’का हरेक मुद्दा भारतसँगै गएर ठोकिन्छ।किनकि भारतीय जलभन्डारको ७० प्रतिशत हिस्सा नेपाली भूभागबाट बगेर जाने पानी हो।भारतमात्रै होइन, यो बितन्डा बंगलादेशसम्मै पुग्छ। किनकि भारत हुँदै बंगलादेश पुग्ने ब्रह्मपुत्र नदीको पानी नेपाली जमीनबाट बगेर गएको हो। जब वर्खायाममा नेपालका खोला नदी उर्लन थाल्छन्, यो मुद्दा अझै पेचिलो बनेर आउँछ। किनकि नेपालका ठूला जलाधार(नदी)हरूमा भारतनियन्त्रित ‘बाँध’हरू छन्।भारतले नेपाली भूमिमा बनाएका त्यस्ता...
कञ्चनपुर । पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ।सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो। सोही मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई कैद र जरिवाना तोकेको हो। तर अहिलेलाई भने उक्त सजाय स्थगित गरी अदालतले उनलाई माफिनामाको मौका दिएको छ। ‘उहाँलाई एक घण्टा कैद र एक...
काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ। ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...
अछाम। जङ्गली च्याउ र नियुरो खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। दुुुई जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर छन् । ...
बाढि आउन सक्ने स्थानका बासिन्दाका लागी अति जरुरी सन्देश….. सबैभन्दा पहिला सुरक्षा फौजलाई खबर गर्नुहोस। सुरक्षाकर्मीहरु तपाइको मदतको लागी खटिएका छन् । १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध...
कञ्चनपुर । कञ्चनपुरमा स्कुल बस माथी रुख ढलेको छ। गुडिराखेको बसमाथि सालको रुख ढलेपछि अनिरुद्र बोर्डिङ स्कुलका २ जना विद्यार्थीहरु सामान्य घाइते भएका छन् ।घटनामा परेर कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। ‘दुवै विद्यार्थीको शुक्लाफाँटा क्लनिकमा उपचार भइराखेको छ,’ ‘उपचार खर्च नगरपालिकाले बेहोर्ने भएको छ।विद्यार्थीलाई घर छाड्न जाने क्रममा बसमाथि रुख खसेको हो। रुखले बसलाई...
डडेल्धुरा। डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो। यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो । बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका...
भीमदत्त नगरपालिका(कञ्चनपुर)। शिक्षा दिने शिक्षकको कुुटाइबाट बिद्यार्थीको मृत्यु भयो सुन्दा अचम्म लाग्न सक्छ।हो, कञ्चनपुरमा शिक्षकनै भक्षक भएका छन् । शिक्षकले बिद्यार्थीलाई कुटेेेपछि बिद्यार्थीको मृत्यु भएको छ।भीमदत्त नगरपालिका १७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ। गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए। ‘यसअघि सो घटनाबारे विद्यार्थीका...
काठमाडौं ।भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर...