नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन
प्रकाशित मिति : २०७६, १२ आश्विन आईतवार १३:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम यात्रुको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । बसपार्क १८ गते संचालन गरिने भएपनि आइतबारदेखि यात्रुबाहक बसहरु बसपार्कभित्र राखिएको छ । आइतबार यात्रुबाहक बसका चालक, सहचालक र यात्रुलाई फुलमालाले सुरक्षित गन्तव्यमा पुग्न शुभकामना सहित विदाई गरिएको थियो भने कार्यक्रमको सन्चालन बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले गर्नु भएको थियो।
Advertisement