बक्सिङमा शसस्त्र प्रहरीको उत्कृष्ट प्रदर्शन
प्रकाशित मिति : २०७३, ९ पुष शनिबार १९:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चन्द्रगढी (झापा), ९ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा आज भएका खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले उत्कृष्ट प्रदर्शन गरेको छ ।
Advertisement
प्रतियोगिता अन्तर्गत ४९ किलो तौल समूहतर्फ एपिएफका आस तामाङ पूर्वाञ्चलका सुलभराज तुलाधरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभयो । यस्तै, ५२ किलो तौलतर्फ एपिएफकै विक्रम परियारले सुदूरपश्चिमाञ्चलका महेन्द्र चन्दमाथि तथा ५६ किलोमा पुरन राईले नेपाल प्रहरीका गिरबहादुर रानामगरमाथि जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्नुभयो ।
यस्तै, उद्घाटन खेलमा ५२ किलो तौल समूहतर्फ मध्यपश्चिमाञ्चलका चन्द्र थापा सुदूरपश्चिमाञ्चलका गौरव चन्दलाई तथा ५२ किलोमै प्रेम चौधरी पश्चिमाञ्चलका चिरञ्जीवी राणालाई हराउँदै सेमिफाइनल प्रवेश गर्नुभयो । यसैगरी, ४९ किलो तौलतर्फ नेपाली सेनाका सुवास विक पश्चिमाञ्चलका विष्णु गौतमलाई नकआउट गर्दै सेमिफाइनल पुग्नुभयो । नेपाली सेनाकै विमल रोक्काले ५६ किलो तौलतर्फ मध्यपश्चिमका चन्द्रज्योति थापालाई हराउँदै सेमिफाइनल सुनिश्चित गर्नुभएको छ । आजै सम्पन्न ५२ किलो तौल समूहतर्फ मध्यमाञ्चलका प्रदीप मर्हजनले पूर्वाञ्चलका सन्तोष राईलाई तथा ५६ किलोमा गणेश थापाले सुदूरपश्चिमाञ्चलका राजेश चन्दलाई हराउँदै पदक पक्का गर्नुभयो ।
यस्तै, आयोजक पूर्वाञ्चलका राकेश राई ५६ किलो तौल समूहमा पश्चिमाञ्चलका दिनेश बानियाँलाई हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको छ । सातौँ राष्ट्रिय बक्सिङ प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीका ७८ पुरुष तथा ५६ महिलासहित एक सय ३२ खोलाडीको सहभागिता रहेको बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
आठौंमा खेलाडीलाई दैनिक दुई हजार ५ सय भत्ता दिइने
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आउँदो आठौंँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीलाई दैनिक भत्तास्वरुप रु दुई हजार पाँचसय उपलब्ध गराउने बताउनुभएको छ ।
आज भद्रपुरस्थित मेची रंङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलको उद्घाटन गर्दै सदस्य सचिव विष्टले खेलाडीलाई अहिले उपलव्ध गराएको भत्ता न्यून भएको बताउनुभयो ।
जारी सातौँ राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई रु एक हजार ६ सय उपलब्ध गराउने प्रस्ताव अर्थमन्त्रालयले अस्विकार गर्दा रु एक हजार चारसय मात्र दिन सकिएको उहाँको भनाइ थियो । “राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई मासिक रु १० हजार दिने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो – “आगामी चार वर्षभित्रमा यसलाई बढाएर मासिक रु २५ हजार पु¥याउँछौंँ ।”
सदस्य सचिव विष्टले बक्सिङ खेललाई उच्च प्राथमिकतामा राखिएको र सातौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई स्वदेश तथा विदेशमा प्रशिक्षणको उचित व्यवस्था गरिने बताउनुभयो । “खेलाडीलाई आउँदो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने बनाउँछौ,” उहाँले भन्नुभयो ।
खेलाडी जीवनयापनका लागि विदेश पलायन हुने गरेकामा आउँदा दिनमा उनीहरुलाई न्याय दिने विष्टको भनाइ थियो । कार्यक्रममा सांसद मोहनकुमार राई, नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, ओलम्पियन विष्णुबहादुर सिंह, डम्मरदत्त भट्टलगायतको उपस्थिति रहेको थियो ।