समाजमा रहेका समाचारहरु

बिजया दशमी सुरु, आज घटस्थापना

नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...

बक्सिङ संघ दाङको अध्यक्षमा पुनः थापा

लक्ष्मण बस्नेत/ दाङ।दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् । जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग शाह,एलिसा सेन्चुरी,सचिव हस्त जिएम,कोषाध्यक्ष दिपक केसि,सहसचिव यम कुमार स्वर्णकार ( सफल), रहनु भएको छ । त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसि,मदन ओलि,रमा बिक,लक्ष्मण शर्मा,केशर खत्री,जानकि थापा,मान बहादुर राना,नारायण थापा चयन भएको संघका...

अनिल कपुरको एक्सनले सफल बनेका वडा अध्यक्ष बेहना

नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकाका  ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आफ्नो वडामा जिम्मेवारीमा रहेको बसपार्क ठेकेदारको कमीकमजोरीको कारणले ढीला भएपनि हाल उपभोक्ता समिति निमार्ण गरी काम अगाडि बढाएकोले आउने असोज १५ गते भब्य कार्यक्रम सहित प्रदेश नम्बर ५ का मुख्य मन्त्री र मेयर मार्फत उदघाटन गरिने समेत बताएका छन । नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गत रहेको बसपार्क सन्चालनमा आएपछि २०० देखी २५० वटा बस ले पार्क गर्न सक्ने समेत जनाए। वडा...

बालबालिकको पोषण र स्वाथ्यका लागि नेतृत्व अभियान कार्यक्रम

बाँके।बर्दियाको ठाकुरबाबा नगरपालिका चार स्थानमा प्रारम्भिक बाल बिकासका लागि वडाद्धरा समुदायको नेतृत्व अभियान कार्यक्रम भब्य रुपमा गरिएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं.–३, ४, ५ र ९ मा स्थानीयको सहभागिता हुने गरी सो कार्यक्रम गरिएको हो । प्रारम्भिक बाल बिकासका लागि अभिभावकको दायित्व बोध तथा आफ्ना बालबालिकाहरुको चौतर्फी बिकासका लागि अभिभावकलाई सक्रिय बनाउने उद्देश्यले गरिएको चार वटै कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाई जस्ता कुरा सांस्कृतिक माध्यमबाट प्रस्तुत गरिएको छ ।...

नेपालगन्जमा बस वेल्डिङ्ग गर्दा करेन्ट लागेर सह-चालकको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४  स्थित बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेकाले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं को बसमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सह-चालक स्याङ्गजा घर भई हाल कोहलपुर  १२ चपरगौढी बस्दै आएका...

नेपालगञ्जमा पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगन्ज ।वास च्याम्पियनका लागि पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपाल सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउने उद्देश्यसहित बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाई अभियानको प्राथमिकिकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागिलाई दक्ष बनाइने छ । बाँके र...

बाँकेमा गाई काटेको अभियोगमा तीन जना पक्राउ, गौ हत्या सम्बन्धि मुद्दा दायर गरिने

नेपालगन्ज। बाँकेमा गाई काटेको अभियोगमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौली, बाँकेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  बाँकेको खजुरा ७ बढुवाको खेतमा गाई काटेका सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेक  छन् । बुधबार राति ११ बजे गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरीहरु त्यसतर्फ गएका थिए । प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु ल्याइसकेका थिए ।इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाका अनुसार, तीनजनाको घरबाट मासु बरामद...

चाडँ पर्बलाई लक्षित गर्दै बाँकेमा बिशेष सुरक्षा योजना सार्बजनिक

नेपालगन्ज । बाँकेमा बिशेष सुरक्षा योजना बनाएको छ। नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी बाँकेमा ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ ।सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताए।चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना...

नरैनापुरमा सम्वादका लागि समन्वयात्मक वैठक ,सुशासन र विकासका लागि सहकार्यमा जोड

नेपालगञ्ज। राप्तीपारीको नरैनापुर गाउँपालिकामा सम्वादका लागि समन्वयात्मक वैठक गरिएको छ । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा सम्वाद समूह बाँकले जनप्रतिनीधी लगायत सरोकार पक्षसँग आवश्यक समन्वय र सहकार्यका लागि समन्वयात्मक वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । विवाद र द्धन्द्ध रुपान्तरणमा क्रियाशिल सम्वाद समूह बाँकेले नरैनापुरमा सहयोगी समूह गठन गरेर सो क्षेत्रमा हुन सक्ने सम्भावित विवाद, द्धन्द्ध र जनसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको छ । शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र...

योगिनी कपको खेल तालिका सार्वजनिक
"उद्घाटनमा आयोजक र नेपालगन्ज बहुमुखी क्याम्पसले प्रतिस्पर्धा गर्ने "

नेपालगन्ज।नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिताको खेल तालिका  सार्वजनिक गरिएको छ । असोज ११ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक योगिनी–११ को ‘ए’ टिम र नेपालगन्ज बहुमुखी क्याम्पस प्रालीले प्रतिस्पर्धा गर्ने भएका छन । खजुरा गाउँपालिका, २ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरि ८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन । बुधबार प्रतियोगिताका सहभागी टिम प्रतिनिधीहरुको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको थियो ।...