कांग्रेस बाँकेले नेपालगन्जमा निकाल्यो जुलुश सहित कोण सभा "पार्टीको लागि ज्यान नै दिनु पर्छ भने दिन पछि हटदैन: कांग्रेस नेता महेन्द्र मल्ल "
"पार्टीको लागि ज्यान नै दिनु पर्छ भने दिन पछि हटदैन: कांग्रेस नेता महेन्द्र मल्ल "
प्रकाशित मिति : २०७६, २९ भाद्र आईतवार १८:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आइतबार अपराह्नमा जुलुस सहित कोण सभा गरेको छ। बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा पार्टी सभापतिसहित कांग्रेस कार्यकर्तालाई नेकपाले गरेको आक्रमणको बिरोधमा नेपाली कांग्रेसले देशैभर अन्दोलन सुरु गरेको छ। आज नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयबाट जुलुस निकाल्दै बिपि चोकमा कोण सभा गरेको हो। कोण सभा कार्यक्रममा पार्टी सभापति किरण कोइराला , सचिब तप्त पौडेल र कपिल शर्मा, जिल्ला सदस्यहरु महेन्द्र मल्ल, सुधान्सु कोइराला, नेबिसंघका केन्द्रिय पुर्ब महामन्त्री कुन्दन राज काफ्ले, तरुण दल बाँके अध्यक्ष बिरेन्द्र शाह , सचिब बिनोद रिजाल,तरुण दल नगर अध्यक्ष सन्दिप शाह , तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का, धनराज बर्मा, नेबिसंघ बाँके अध्यक्ष पुर्ण अचार्य, नेबिसंघ नगर अध्यक्ष अनुज बर्मा लगायत सयौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियी। कोण सभामा बोल्दै पार्टी सभापति कोइरालाले प्रहरी कुनै पनि हालतमा मुद्दा दर्ता भएका ब्यक्तीहरुलाइ पक्राउ गर्नै पर्छ अन्यथा झनै ठुलो आन्दोलन गर्ने चेतावनी दिनुभयो। यस्तै आजै पार्टीको संगठन बिभाग प्रमुखबाट राजिनामा दिनुभएका कांग्रेस नेता महेन्द्र मल्लले आफुले पार्टीको लागि ज्याननै दिनु पर्छ भने दिने कुरा समेत बताउनु भएको छ। ,” मैले आफ्नो कार्य ब्यस्तताले गर्दा राजिनामा दिएको हो, मैले पार्टीको लागि के गर्नु पर्छ आफू सधै तयार रहेको” मल्लले बताउनु भयो। यस्तै तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले कुनै पनि हालतमा निबेदन परेका ब्यक्तिहरुलाई पक्राउ गरिएन भने झनै उग्र रुप लिने कुरा बताउनु भयो। सोमबार नेबिसंघको आयोजनामा पार्टी कार्यालयबाट विशाल जुलुश सहित जिल्ला प्रशाशन कार्यालय बाँकेमा गएर कोण सभा गर्ने नेबिसंघ बाँके अध्यक्ष पुर्ण आचार्यले बताउनु भएको छ।
Advertisement