मुद्दा दर्ता भएका ब्यक्तिलाई पक्राउ नगरे झनै कडा अन्दोलन हुन्छ:कांग्रेस क्षेत्र नम्बर २(बिज्ञप्तिसहित)
प्रकाशित मिति : २०७६, २९ भाद्र आईतवार १९:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै बिज्ञप्ति जारी गरेको छ।क्षेत्रीय सभापति रमेश गुप्ताद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही नगरिए आन्दोलनले ठुलो रुप लिने चेतावनी दिएको छ। बाँके क्षेत्र नम्बर ३ ख को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।
Advertisement